Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

काइयी एक्सचेन्ज कार्निभल २०८२ वैशाख २६ देखि थापाथलीमा सुरु हुँदै

२४ बैशाख २०८२, बुधबार ०९:३९

काठमाडौँ। काइयी नेपालले ‘काइयी एक्सचेन्ज कार्निभल २०८२’ को भव्य आयोजना गर्न लागेको छ।

यो मेला २०८२ वैशाख २६ देखि २८ गतेसम्म काठमाडौँको थापाथलीस्थित काइयी सोरुममा हुने कम्पनीले जनाएको छ। विद्युतीय सवारीसाधनमा विशेष अफर र उपहारसहित आयोजना हुने मेलामा ग्राहकले आफ्ना पुराना कुनै पनि ब्रान्डका सवारीसाधन ल्याई तुरुन्तै मूल्यांकन गराउन सक्नेछन्।

मूल्यांकन गराउने प्रत्येक ग्राहकलाई क्यूएफएक्स सिनेमा हेर्न दुईजनाको निःशुल्क टिकट दिइनेछ। साथै, छानिएका विद्युतीय मोडलमा नगद छुट, बिमा सेवा, सडक कर निःशुल्क र विशेष एक्सचेन्ज बोनससमेत उपलब्ध गराइनेछ।

सफा, स्मार्ट र वातावरणमैत्री विद्युतीय सवारीतर्फ उपभोक्ताको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको यो कार्निभलले ग्राहकहरूलाई नयाँ प्रविधिको अनुभव दिनेछ।

कम्पनीका अनुसार, यस कार्यक्रमले सस्तो, सहज र रमाइलो वातावरणमा नयाँ सवारी खरिद गर्ने इच्छुक ग्राहकलाई थप आकर्षित गर्नेछ। विद्युतीय सवारीको प्रवर्द्धन गर्दै वातावरणमैत्री यातायात प्रणालीमा योगदान पुर्‍याउने अपेक्षा कार्यक्रमबाट गरिएको छ।

प्रतिक्रिया दिनुहोस्