Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

काइयी एक्सचेन्ज कार्निभल २०८२ वैशाख २६ देखि थापाथलीमा सुरु हुँदै

२४ बैशाख २०८२, बुधबार ०९:३९

काठमाडौँ। काइयी नेपालले ‘काइयी एक्सचेन्ज कार्निभल २०८२’ को भव्य आयोजना गर्न लागेको छ।

यो मेला २०८२ वैशाख २६ देखि २८ गतेसम्म काठमाडौँको थापाथलीस्थित काइयी सोरुममा हुने कम्पनीले जनाएको छ। विद्युतीय सवारीसाधनमा विशेष अफर र उपहारसहित आयोजना हुने मेलामा ग्राहकले आफ्ना पुराना कुनै पनि ब्रान्डका सवारीसाधन ल्याई तुरुन्तै मूल्यांकन गराउन सक्नेछन्।

मूल्यांकन गराउने प्रत्येक ग्राहकलाई क्यूएफएक्स सिनेमा हेर्न दुईजनाको निःशुल्क टिकट दिइनेछ। साथै, छानिएका विद्युतीय मोडलमा नगद छुट, बिमा सेवा, सडक कर निःशुल्क र विशेष एक्सचेन्ज बोनससमेत उपलब्ध गराइनेछ।

सफा, स्मार्ट र वातावरणमैत्री विद्युतीय सवारीतर्फ उपभोक्ताको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको यो कार्निभलले ग्राहकहरूलाई नयाँ प्रविधिको अनुभव दिनेछ।

कम्पनीका अनुसार, यस कार्यक्रमले सस्तो, सहज र रमाइलो वातावरणमा नयाँ सवारी खरिद गर्ने इच्छुक ग्राहकलाई थप आकर्षित गर्नेछ। विद्युतीय सवारीको प्रवर्द्धन गर्दै वातावरणमैत्री यातायात प्रणालीमा योगदान पुर्‍याउने अपेक्षा कार्यक्रमबाट गरिएको छ।

प्रतिक्रिया दिनुहोस्