Trending
४५ प्रतिशत कमिशनकै नाममा आज तराईका मान्छे दिनदाहाडै लुटिएका छन् : प्रभु साह     |     कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री     |     एनसेलद्वारा भैरहवामा पहिलो ‘सप इन सप’ सेवा सुरु     |     महालक्ष्मी विकास बैंक स्क्यान टु क्यास सुरु गर्ने पहिलो विकास बैंक     |     साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा     |     नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश     |     काइयी एक्सचेन्ज कार्निभल २०८२ वैशाख २६ देखि थापाथलीमा सुरु हुँदै     |     ‘ह्याक फर नेपाल’ ४८ घण्टे ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा हुने     |     धनुषामा मोटरसाइकल दुर्घटना, दुई किशोरको ज्यान गयो     |     भारतीय आक्रमणमा मसूद अजहरका १० आफन्त र ४ सहयोगीको मृत्यु     |    
समाचार

४५ प्रतिशत कमिशनकै नाममा आज तराईका मान्छे दिनदाहाडै लुटिएका छन् : प्रभु साह

२५ बैशाख २०८२, बिहीबार ११:२२

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले तराई/मधेशमा सशस्त्र प्रहरीको ज्यादती अति नै भएको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सिमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको भूमिकालाई लिएर प्रश्न उठाएका हुन् । उनले भने,‘हिजो रौतहटको कटहरियामा सशस्त्र प्रहरीको टोलीले टेङगडहा निवासी अनुठा यादव र रामजिनिस साहजी कटहरिया बजारबाट फर्किरहेका थिए, तस्करको चक्करमा मोटरसाईकलमा ठोकिएर मोटरसाईकल ध्वस्त भएको छ ।

त्यसमा सवार दुई जनाको अहिले आईसियुमा उपचार भैरहेको छ । म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु –यो घट्ना कसरी भयो ? सशस्त्र प्रहरीले किन यसरी ज्यादती गर्यो ? यो घट्नाको विषयमा सदनमा जानकारी गराउनुहोस । उपचार गराईरहेकाहरुलाई भेट्न कोही पनि गएकै छैन, सरकारलाई म भन्न चाहन्छु कि ती घाईतेहरुको उपचारको जिम्मा लिनुहोस । त्यस घट्नामा संलग्नहरुलाई कारबाही गर्नुहोस ।’

पूर्वमन्त्री साहले सरकारका मन्त्रीहरु र अफिसरहरुलाई आफ्नो तलवले जीवन निर्वाह गर्न पुग्छ कि पुग्दैन ? भनेर पनि प्रश्न तेर्साए । उनले भने,‘के तपाईंहरुको तलबले पुग्छ कि पुग्दैन ? तपाईंहरुको बुवा, बाजेहरुको सम्पत्तिले आफ्नो खर्च धान्न सक्नुहुन्छ कि हुँदैन ? यदि पुग्छ भने यसरी व्यक्तिको निजी सम्पत्ति किन खोस्नुहुन्छ ? भन्सार नबुझाएकै कारण त्यो चोरीको सामान हुन्छ भने आयकर नबुझाउनेहरुसँग पनि सामान खोस्नुहोस न । सम्पत्ति लुकाउने र सम्पत्तिको कर नुबझाउनेहरुको पनि सम्पत्ति खोस्नुहोस न ।

ठूलाबडाले कर लुकाउँदा त्यहाँ नखोस्ने ? अनि भन्सार नबुझाएकै नाममा दिनदहाडै डकैती गर्ने, लुट्ने र कमिशन बाँड्ने ? ४५ प्रतिशत कमिशनकै नाममा आज तराईका मान्छे दिनदाहाडै लुटिएका छन् । र, उनीहरुको कोहीपनि सहारा छैन ।”

किसानले आफ्नै पहलमा भारतबाट अत्यावश्यक सामग्री मलखाद ल्याउँदापनि प्रहरी प्रशासनले दिनदाहाडै लुट्ने काम गरेकोमा पनि साहले आक्रोश पोखे । उनले थपे–‘अहिले किसानलाई मलखाद सरकारले दिँदैन, किसानले आफ्नै पहलमा भारतबाट मलखाद ल्याउँदा प्रहरी नाकामा कुरेर बस्छन् अनि लुट्छन ।

प्रहरीलाई म भन्न चाहन्छु–हत्यारालाई तपाईंहरु पत्ता लगाउन नसक्ने ? बच्चादेखि युवाहरुको जीवन बर्बाद भैरहेको विषय लागुऔषधको जालो तोड्न नसक्ने, यत्रो चोरी–डकैती बढिरहेका छन्, उनीहरुलाई समात्न नसक्ने ? दिनदाहाडै मोटरसाईकल चोरिन्छन्, मोटर खोलिन्छन्, ती चोर एउटा पनि पत्ता लगाउनुहुन्न, तर किसानको खाद समात्नुहुन्छ, नून, चिनी, तेल समात्नुहुन्छ, के ती सामान चोरीका सामान हुन र ?’

सिमा नाकामा जनताले ठूलो सास्ती भोगिरहनुपरेको उनको भनाई छ । उनले जनताको जिनी सम्पत्तिलाई चोरीको सामानजसरी खोस्ने कार्य भएको भन्दै आपत्ति जनाए । इमानदार प्रहरी अधिकारी भएको भए जनताको निजी सम्पत्ति लुट्दैनौं र आफूहरुलाई कमिशन चाहिँदैन भनेर भन्नसक्नुपर्ने साहको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्