Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

दुबईमा बनेका नोबेल होम एप्लायन्सेसको नेपालमा बिक्री सुरु

२७ बैशाख २०८२, शनिबार ११:२६

 दुबई। दुबईमा बनेका घरायसी विद्युतीय सामग्रीको बिक्री नेपालमा सुरु भएको छ। नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिले नोबेल ब्राण्डको बिक्री सुरु गरेको हो। यो ब्राण्ड दक्षिण एसियामा पहिलोपटक नेपाल आएको कम्पनीले जनाएको छ।

नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीले काठमाडौँको बत्तीसपुतलीमा रहेको बिक्रीकक्षको उद्घाटन गर्दै नेपाली बजारमा दुबईका घरायसी विद्युतीय सामग्री आएकामा खुसी व्यक्त गरे। उनले इलेक्ट्रोनिक्स सामग्रीको गुणस्तर सुनिश्चित गर्दै उपभोक्ताको पहुँच बढाउन कम्पनीले ध्यान दिनुपर्ने बताए।

काठमाडौँमा मुख्य ‘बिक्रीकक्ष’ र विराटनगरमा शाखा खुलेको कम्पनीले जनाएको छ। यो ब्राण्ड विशेषगरी ठूला र साना घरायसी सामग्री, उपभोक्ता इलेक्ट्रोनिक्स र बिल्ट–इन सामग्री उत्पादनका लागि परिचित छ। यो ब्राण्ड २६ भन्दा बढी देशमा फैलिएको छ। कम्पनीले उपभोक्तालाई गुणस्तर र भरपर्दो सेवामा नयाँ मापदण्ड कायम गरेको दाबी गरेको छ।

उपभोक्तालाई गुणस्तरीय र भरपर्दो सेवा दिन नोबेल ब्राण्ड नेपाल ल्याइएको कम्पनीका महाप्रबन्धक सञ्जिता कार्कीले बताइन्। ‘हामी नोबेललाई नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौँ, नेपाली परिवारहरूलाई उच्च गुणस्तरका होम एप्लायन्सेसमार्फत जीवनलाई सहज बनाउन चाहन्छौँ,’ उनले भनिन्, ‘हाम्रो उत्पादनहरूले आधुनिक परिवारहरूको आवश्यकता पूरा गर्ने अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उचित मूल्य संयोजन गर्छ।’

यो ब्राण्डले युरो, चीन, भारत, टर्कीलगायतका देशका उत्कृष्ट कारखानाबाट सामग्री ल्याएर भरपर्दो र आधुनिक उत्पादन बजारमा ल्याएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। नोबेलले सबै उत्पादनमा विशेष प्रारम्भिक अवसर दिएको जनाएको छ। रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिस्नर, माइक्रोवेभ, टिभी, आइरनलगायतका उत्पादन उपलब्ध छन्। सबै उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराइएको कम्पनीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्