Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

राहुघाट क्षेत्रमा मापदण्डविपरीत प्रसारण लाइन, विद्युत् प्रवाहमा अवरोध

२७ बैशाख २०८२, शनिबार ११:३६

म्याग्दी। राहुघाट बेसिनमा निर्माणाधीन चार जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रणालीमा जोड्न निर्माण गरिएको प्रसारण लाइन प्राविधिक रूपमा त्रुटिपूर्ण देखिएको छ।

नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ अम्बाङसम्म २५ किमी लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ। तर, जलविद्युत् कम्पनीहरूले मापदण्ड विपरीत सो लाइनमुनि २२० केभी क्षमताको वैकल्पिक लाइन बनाएका छन्, जसको तार दूरी मापदण्ड (४.५ मिटर)भन्दा कम छ।

डाँडाखेत–राहुघाट प्रसारण लाइन प्रमुख रोशन अग्रवालले जलविद्युत् कम्पनीहरूले समन्वय नगरी जथाभावी टावर बनाएको र मापदण्ड उल्लंघन गरेको बताए।

सन् २०२१ देखि निर्माण सुरू भएको लाइन ढिलाइ हुँदा १३०.८ मेगावाट क्षमताका चिमखोला, अपर राहुघाट, ठूलोखोला र माथिल्लो ठूलोखोला आयोजनाहरूले वैकल्पिक रूपमा दाना–खुर्कोट लाइन बनाएका थिए।

तुदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले सहमति अनुसार २२० केभी लाइन माथि लैजाने टावर निर्माणको तयारी भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्