Trending
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |    
समाचार

पौडेल वंश महासंघ काठमाडौंद्वारा भव्य समारोह सम्पन्न

२७ बैशाख २०८२, शनिबार १४:१२

काठमाडौं। पौडेल वंश महासंघ काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आज एक भव्य तथा सभ्य समारोहका बीच कागेश्वरी मनोहरा नगरकमिटी गठन गरिएको छ।

दीप प्रज्वलन र स्वस्तीवाचनसहित सम्पन्न उक्त कार्यक्रममा ११ सदस्यीय नगर कार्यसमिति गठन गरिएको हो। जसको अध्यक्षतामा श्री सञ्जिव पौडेल चयन भएका छन् । सोही अवसरमा विभिन्न अन्य समितिहरू पनि गठन गरिएको छ । पाँच सदस्यीय सल्लाहकार समिति,  तीन सदस्यीय सम्पादन समिति र तीन सदस्यीय प्राविधिक समिति रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि ९३ वर्षीय कुल ज्येष्ठ सिताराम पौडेल रहेका छन्। त्यस्तै, पौडेल वंश केन्द्रिय प्रतिनिधि तथा प्रदेश नं. ३ का अध्यक्ष सुमन पौडेलको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष श्री दिपकराज पौडेलले गरेका थिए भने सञ्चालन तथा संयोजन जिल्ला सदस्य  बासुदेव पौडेलले गरेका थिए।

कार्यक्रममा बुढानीलकण्ठ नगर समितिका अध्यक्ष, पदाधिकारी, सदस्यहरू, साथै जिल्ला समितिका सदस्यहरूको उल्लेखनीय सहभागिता थियो। साथै गोठाटार, मूलपानी, थली, डाछी, नयाँगाउँ र भद्रवास लगायतका क्षेत्रबाट १०० भन्दा बढी पौडेल बन्धुहरूको उपस्थिति रह्यो।

वंशावली संरक्षक नवराज पौडेल, प्रदेश सदस्य श्री आत्माराम पौडेल, तथा पूजनीय बुवा श्री दामोदरप्रसाद पौडेलको पनि गरिमामय उपस्थिति रहँदा कार्यक्रम अझ ऐतिहासिक र प्रेरणादायी बनेको थियो।

कार्यक्रमको समापनमा उपस्थित सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै, नवगठित कार्यसमिति तथा अन्य समितिहरूलाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्