Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

बीएनए बास्केटबल मंगलबारदेखि

२८ बैशाख २०८२, आईतवार ११:४१

काठमाडौं। बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २ विधामा २४ टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी हुने छन् ।

दुवै समूहको सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । जुनियर ब्वाइजमा कक्षा ८ सम्म तथा सिनियर गल्र्समा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीले सहभागी हुन पाउने प्रतियोगिता संयोजक नारायण खवासले जानकारी गराए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने विद्यालयका को–ओर्डिनेटर सन्तोष फुयालले बताए । जेठ ६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित नमुना टोलमा खेलाइने छ । जुनियर ब्वाइजमा सेब तथा सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।

बीएनएले आफ्नो बास्केटबल कोर्ट पनि पुनर्निमार्ण गरेको छ । पुनर्निमार्ण गर्न करिब ६ लाख रुपैयाँ खर्च भएको प्रिन्सिपल चापागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्