Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कालीगण्डकी नदीले बगाएर कास्कीका भुजेल बेपत्ता

१ जेष्ठ २०८२, बुधबार १४:०५

पर्वत। पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदीले बगाउँदा एक पुरुष बेपत्ता भएका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ सल्यान चौतारीका ५६ वर्षीय बमबहादुर भुजेल बेपत्ता भएका हुन्। आफन्तको चौरासी पूजाको फूलपाती कालीगण्डकीमा बगाउन गएका उनलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

नदीले बगाएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले खोजीकार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए।

बेपत्ता भुजेलसँगै आएका अर्का युवा भने सकुसल रहेका छन् । उनले दिएको जानकारीका आधारमा प्रहरीले खोजीकार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्