Trending
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने     |     अमेरिकामा बाढीले १३ जनाको मृत्यु     |     आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना     |     एसीसी यु-१६ : फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल     |     कर्णाली प्रदेशको ३३ अर्बको बजेट बहुमतले पारित     |     भेरीगंगामा चट्याङ लागेर एकको मृत्यु     |     असार ५ देखि बेपत्ता सवारी चालकको शव भेरी नदी किनारमा फेला     |     ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित…     |     बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह     |     सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला     |    
समाचार

ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं: मेयर महर्जन

९ आश्विन २०८१, बुधबार ०९:२९

९ असोज, ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनलाई सम्बोधन गर्न नसके स्मार्ट सिटी हुन नसक्ने बताएका छन् ।

ललितपुर महानगरपालिकाको विपद् व्यवस्थापन शाखाद्वारा आज आयोजित आगलागी नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उनले स्मार्ट सिटी हुनका लागि विपद् व्यवस्थापनका काम चुस्त राख्नुपर्ने बताए । उनले फिलिपिन्सबाट अग्नि नियन्त्रक बोलाएर नगरप्रहरीलाई तालिम दिएको जानकारी गराए ।

उनले भने, “विश्वमै विपद् व्यवस्थापनमा जापान पहिलो हो, त्यसपछि फिलिपिन्स छ, हामीले फिलिपिन्सबाट अग्निनियन्त्रकलाई बोलाएर तालिम दिएर सक्षम बनाएका छौँ, विपद् प्रतिकार्यमा नेपालका नगरपालिकामध्ये नम्बर एकमा कायम रहन चाहन्छौँ ।”

उनले विपद्को चार मिनेटभित्रै घटनास्थलमा दमकलसम्बन्धी साधन पुग्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय विपद्को मान्यतालाई कायम राख्दै काम गर्छौँ भन्ने प्रतिबद्धता जनाए । उनले भने ,“विपद्का सबै कार्य एउटै छानामुनि हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । तसर्थ पुल्चोकको जुद्धबारुण यन्त्रसँगै दमकल, एम्बुलेन्स, बहानलगायतका सामग्रीको व्यवस्थापन गरिएको छ ।”

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जनताको जीउधनको सुरक्षा महानगरको मुख्य जिम्मेवारी रहेको भन्दै समयमा विपद् व्यवस्थापन गर्न नसक्दा जनधनको धेरै क्षति हुने जानकारी गराइन् । उनले भनिन्, “सानो गल्तीले हुने हानी र अग्निको व्यवस्थापन गर्न नसक्दा धेरै क्षति हुन्छ, अरुबाट पाठ सिकेर त्यही खालका गल्ती नदोहोरियोस् भनेर सचेतना अभियान थालेको हो । ”

प्रतिक्रिया दिनुहोस्