Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नुपर्छ : उपसभापति गुरुङ

३ जेष्ठ २०८२, शुक्रबार ०९:५७

काठमाडौ। नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले कृषि क्षेत्रमा रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभामा बजेटका प्राथमिकताबारे छलफलमा भाग लिदै पुर्व मन्त्री गुरुङले नेपालको कृषि प्रणालीमा बढ्दै गएको रासायनिक मलको प्रयोगबारे चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो,”कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक मललाई एकदमै न्यूनीकरण गरेर लैजानुपर्ने छ । प्राङ्गगारीक मलको प्रयोग बढाउदै लैजानुपर्छ ।” कृषि क्षेत्रमा प्रयोग हुने बिषादीले कृषक उपभोक्ता दुबैलाई मारमा पारेको भन्दै कृषि क्षेत्रमा बिषादीको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्