Trending
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |    
समाचार

चीनले सन् २०२५ का लागि डिजिटल चीन निर्माण कार्ययोजना सार्वजनिक

४ जेष्ठ २०८२, शनिबार १०:१४

काठमाडौँ। चीनले सन् २०२५ सम्म डिजिटल चीन निर्माणको लक्ष्यसहित विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ। राष्ट्रिय डेटा प्रशासनद्वारा सार्वजनिक उक्त योजनाले डिजिटल प्रविधिमा आधारित संरचना निर्माण, ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ता समावेश), डेटा उद्योग प्रवर्द्धन, र डिजिटल दक्ष जनशक्ति विकासलाई मुख्य प्राथमिकता दिएको छ।

कार्ययोजनाअनुसार तथ्याङ्क स्रोतको व्यवस्थापनलाई बजारअनुकूल बनाइनेछ, एकीकृत राष्ट्रिय तथ्याङ्क बजार विकास गरिनेछ, र स्थान अनुसार डिजिटल अर्थतन्त्र प्रवर्द्धन गरिनेछ। डिजिटल चीन निर्माणको समग्र स्तर उल्लेखनीय रूपमा उकास्ने लक्ष्य पनि लिइएको छ।

चीनले सन् २०२५ को अन्त्यसम्म डिजिटल क्षेत्रमा महत्वपूर्ण प्रगति गर्ने र गुणस्तरीय तथा प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्ने उद्देश्य राखेको छ। योजनाले नयाँ प्रविधियुक्त उत्पादन क्षमताको विस्तार, तथ्याङ्कमा आधारित प्रमुख उद्योगहरूको मूल्यवृद्धि कूल गार्हस्थ उत्पादनको १० प्रतिशतभन्दा बढी पुर्‍याउने र गणनात्मक क्षमता ३०० ईएफएलओपीएस (Exa Floating Point Operations Per Second) भन्दा माथि पुर्‍याउने लक्ष्य लिएको छ।

कार्ययोजनामा आठ प्रमुख क्षेत्र समेटिएका छन्— जसमा व्यवस्थागत नवप्रवर्तन, स्थानीय प्रविधिको प्रवर्द्धन, र एआईमा आधारित प्रयोगहरू विशेष छन्।

उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालु वर्षको पहिलो त्रैमासमै डिजिटल उद्योगले ८ खर्ब ५० अर्ब युआन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.४ प्रतिशतले वृद्धि हो। सरकारको प्रतिवेदनअनुसार साना तथा मझौला उद्यमहरूको प्रविधिमैत्री विकासमा सहयोग बढाउने, उत्पादन प्रणालीको डिजिटल रूपान्तरण तीव्रता दिने, र दक्ष सेवा प्रदायकको विकास गर्ने योजनाहरू अगाडि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस्