Trending
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |    
समाचार

खानेपानी मन्त्रीको मनोमानी बारे संसदमै उठयो आवाज, संसदीय छानविन समिति गठन गर्न प्रभु साहको माग

५ जेष्ठ २०८२, आईतवार ०९:३२

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले खानेपानी मन्त्रालयमा मन्त्री प्रदीप यादवद्धारा भईरहेको भ्रष्टाचार, अनियमितता, मनोमानी कार्यको संसदीय छानविन समिति गठन गरी छानविन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आज (आईतबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले खानेपानी मन्त्रीले आफ्नै मन्त्रालय मातहतको इन्जिनियर दिपेन्द्रकुमार साहको अधिकार खोस्ने, व्यक्तिगत स्वार्थपुर्तिका लागि सरुवा गर्ने कार्य गरेको बताए ।

‘सम्मानिय सभामुख महोदय, खानेपानी मन्त्रालय मातहतको आयोजना प्रमुख दिपेन्द्र साहले आफ्नै विभागिय मन्त्रीबाट पीडित भएर संसदको गुहार माग्नुभएको छ । मन्त्रालयले चैत १९ गते जनकपुरमा वहाँलाई इन्जिनियरको पदमा पोष्टिङ गर्छ । २२ गते कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्छन् र केही दिन नपुग्दै त्यहाँ मन्त्रीजीको पिए पुग्छन् । र आयोजना सञ्चालनमा कुरा नमिलेपछि उहाँलाई मन्त्रालय तानिन्छ ।यो सरकारको कस्तो सुशासन हो ?’ आजपा अध्यक्ष साहले भने ।

व्यक्तिगत स्वार्थपुर्तिका लागि सरुवा गर्ने र अधिकार खोस्ने काम गरेपछि इन्जिनियर साहले आजपा अध्यक्ष साहलाई न्यायको माग गर्दै एकपत्र बुझाउदै आग्रह गरेका थिए । सोही बिषय उठाउदै आजपा अध्यक्ष साहले उक्त पत्र पढदै संसदीय छानबिनको माग गरेका हुन् ।

‘के सरकारी निकाय फेल भएको हो ? असफल भएको हो ? के सरकारी निकाय काम गर्न नसक्ने भएको हो ? एउटा राष्ट्रभक्त कर्मचारीले सांसद गुहार्ने अवस्था आईसक्यो । एक जना प्रभु साहले के न्याय दिनसक्छ भन्ने प्रश्न उठछ,’ आजपा अध्यक्ष साहले भने, ‘सभामुखज्यू, अहिले देशमा राष्ट्रसेवक कर्मचारी जो आफै आयोजना प्रमुख हो ।

राष्ट्रिय सतर्कता केन्द्रमा लामो समय झण्डै १२ बर्ष सेवा गरेको कर्मचारी कानून नियम नबुझेको भन्ने हुदैन् । उहाँ बुझेरै यहाँ आउनुभएको हो । उहाँ आफै यसरी थकित हुनुहुन्छ भने जनताको हालत के भएको होला ? यो सुशासन दिने जिम्मेवारी लिएको सरकारलाई सोध्न चाहन्छु तपाईहरुले दुई तिहाईको सरकार बनाउनुभयो ।

सुशासन दिन्छु भन्ने ग्यारेन्टी गर्नुभयो । एउटा पीडित इन्जिनियरले यसरी गुहार माग्दै गर्दा यहाँ संसदमा आएर माननिय मन्त्रीजीले जवाफ दिनुपर्छ, र यदी चितबुझदो जवाफ भएन भने संसदीय छानविन समिति गठन गरेर छानविन गर्नुपर्नेपर्छ ।’

उनले यसअघि पीडित इन्जिनियर साहले बुझाएको पत्र समेत संसदमै बाचन गरेका थिए । जसमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमा आर्थिक तथा प्रशासनिक अधिकार सहितको निमित आयोजना प्रमुखको रुपमा कार्यरत भएको र सो अवधिमा आयोजना कार्यालयले चुस्त दुरुस्त सञ्चालन गर्दै चार महत्वपूर्ण ठेक्का अनुमोदन गरी लामो सयदेखी रोकिएका ओजनाहरु अघि बढाउन सफल भएको उल्लेख छ ।

तर हालै खानेपानी मन्त्री यादवको व्यक्तिगत स्वार्थपुर्तिका लागि साहको सरुवा र अधिकार खोस्ने जस्ता एकपक्षीय, अमानवीय र नकारात्मक प्रभाव पार्ने निर्णयले कार्यालयको प्रगति ठप्प पारि लाखौं जनताको स्वच्छ खानेपानी खाने अधिकार हनन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

‘श्रीमाननीय मन्त्रीज्यूले कार्यालय सञ्चालनमा हस्तक्षेप गरी उनका मान्छे एजाज बाबु राँकी मार्फत ७ करोडको डिप बोरिङ लगायत अन्य कार्य व्यक्तिगत लाभ लिने कार्यको सम्बन्धमा सत्यतथ्य छानविन गरी आवश्यक कारवाही अगाडी बढाउन सादर अनुरोध गर्दछु,’ पीडित इन्जिनियरले दिएको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्