Trending
‘महाभोज’ को ट्रेलरले मच्चायो तहल्का, विदेशमा पनि रिलिजको माग बढ्यो     |     प्रभु साहको प्रधानमन्त्रीज्यूसंग प्रश्न, ‘लघुवित्त पीडितहरुसंग गरिएको समझौता किन कार्यान्वयन गर्नुभएन ?’     |     प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन     |     प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदुतहरुको शिष्टाचार भेट     |     कृषि क्षेत्रको दिगो विकासका लागि सरकारको स्पष्ट नीति आवश्यक रहेको सरोकारवालाहरुको भनाइ     |     प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट     |     प्रधानमन्त्रीद्वारा दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिताका विजेता खेलाडीलाई बधाई     |     खानेपानी मन्त्रीको मनोमानी बारे संसदमै उठयो आवाज, संसदीय छानविन समिति गठन गर्न प्रभु साहको माग     |     चीनले सन् २०२५ का लागि डिजिटल चीन निर्माण कार्ययोजना सार्वजनिक     |     जनबलमा सत्तामा पुगेको अध्यक्ष दाहालको दाबी     |    
समाचार

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

६ जेष्ठ २०८२, सोमबार ०८:४७

काठमाडौं। गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । दिवस तीन दिनसम्म मनाइनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ ।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकामा प्रमुख बालेन्द्र शाह (बालेन), नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख (चिरिबाबु महर्जन), नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् ।

बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तीनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ । यस्तै विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आह्वान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरेका छन् । उनले यस्ता मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी)हरू पटक पटक अनुपस्थित रहने स्थिति अन्त्य गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्