Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘सुकुम्बासीलाई खानेपानी किन रोकेको ?’

८ जेष्ठ २०८२, बुधबार ०९:३४

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुकुम्बासीलाई खानेपानी रोकेकोमा आपती जनाएका छन् ।

उनले दुई तिहाईको शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसंग सुकुम्बासीलाई खानेपानी किन रोकेको भन्दै प्रश्न समेत गरेका छन् ।

बुधबार काठमाडौंको गैरीगाउँमा आम अव्यवस्थित बसोबास एवं सुकुम्बासी संघको विशेष बैठकलाई सम्बोधन गर्दै भूमीहीन सुकुम्बासीहरुलाई अतिआवश्यक लालपुर्जा, खानेपानी, बिजुली सहितका सेवासुविधा दिलाएरै छाडने बताए । त्यसकालागि जस्तोसुकै संघर्षका कार्यक्रम समेत गर्नबाट आफूहरु पछि नहटने उनले बताए ।

‘मुलुक अहिले संकटमा छ । श्रमजीवि, उत्पीडित अधिकार विहिन सहितका बर्गहरु एकजुट भएर मुलुकलाई जोगाउँनुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । सुकुम्बासी बस्तीमा शुद्ध खानेपानी नदिनु सरकारले मानवता विरुद्धको अपराध गर्दैछ । सुकुम्बासीसंग कर लिने, मत लिने तर खाने पानी नदिने, बिजुलीबती नदिएर सरकारले मानवता विरुद्धको अपराध गदैछ,’ आजपा अध्यक्ष साहले भने, ‘बालुवाटार, ललिता निवास, पतञ्जलीको जग्गा आफ्नो नाममा गराउँने, बेचेर खाने तर सुकुम्बासीलाई जग्गा नदिने सरकारका बिरुद्धमा एकजुट भएर निर्णायक आन्दोलनमा जानका लागि जुटौं ।’

यस्तै उनले सुकुम्बासीबस्तीमा शुद्ध खानेपानी नभउको बताउदै खानेपानीको व्यवस्थापन कहिले हुने भन्दै प्रधानमन्त्री ओलीसंग प्रश्न गरेका छन् । ‘अहिले दुई तिहाइको शक्तिशाली सरकार छ । प्रधानमन्त्री केपी शर्मा ओलीजी सरकारको नेतृत्व गर्दैहुनुहन्छ । तर यस्तो शक्तिशाली सरकारले सुकुम्बासीबस्तीमा खानेपानी किन रोक्नपर्यो ?’

काम नगर्ने क्षेत्राधिकार बिहिन भुमी आयोगको काम नभएको बताउदै उनले आयोग कार्यकर्ता पालने र जनता झुक्याउने मेलो बनेको टिप्पणी समेत उनले गरे । सरकारले पटक–पटक आयोग बनाउने तर सुकुम्बासीको समस्या समाधान नगरी आफ्ना कार्यकर्ता भर्ना गर्ने र राज्यको ढुकुटी सिध्याउने काम मात्रै गरेको उनले बताए ।

वास्तविक सुकुम्बासीलाई यथासिघ्र लालपुर्जा, बिजुली, खानेपानी लगायतका सेवासुविधा दिन उनले सरकारसंग आग्रह समेत गरे । आफूहरुको माग सुनुवाई नभए कडाभन्दा कडा आन्दोलनका लागि तयार रहन समेत उनले आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्