Trending
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |    
समाचार

मुस्लिम महिलालाई नेतृत्व बिकास

८ जेष्ठ २०८२, बुधबार ०९:४०

नेपालगन्ज। मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालिम नेपालगन्जमा सुरु भएको छ ।

सामाजिक बिकास डिभिजन कार्यालय बाँकेको सहयोग र बास नेपालको आयोजनामा भएको तालिमको लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले मंगलबार उद्घाटन गरेका छन् ।

तालिमको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै सामाजिक बिकास मन्त्री तिमिल्सिनाले महिलाहरुको क्षमता विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउदै तालिममा महत्वका साथ सहभागी भइ सिक्नुपर्ने बताए ।

मन्त्रि तिमिल्सिनाले मुस्लिम समुदायमाका महिलाहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताउदै आफ्नो हक अधिकारका लागि पैरबी गर्न आवश्यक रहेको बताए । पछाडी परेका महिलाहरुको हक अधिकार र स्वतन्त्रताका लागि तालिम उपयागी हुने बताउदै उन्ले भने“ अधिकारका लागि आफै आजै बाट जाग्न जरुरी छ, समाज रुपान्तरणका लागि अबश्यक तत्वहरु के के हुन भन्ने कुरा तालिमबाट सिक्न सकिन्छ ।”

तालिममा लम्बिनी प्रदेश सभा सदस्य मिना सिद्दिकी बोहराले मुस्लिम महिलाहरु यसरी तालिममा सहभाही भएको देख्दा निकै हर्षित भएको बताउदै तालिमबाट मुस्लिम महिलाहरुले आफ्नो अधिकारहरुको बारेमा जानकार हुने बताइन् ।

तालिमबाट केही कुरा सिकेर आफ्नो हक अधिकारहरुको लागि आफै लड्न सक्नुपर्छ उन्ले भनिन् “हाम्रो समुदायमा गर्न बाँकी अँझै धेरै कामहरु छन् आफ्नो हक अधिकारका लागि हामि आफै अघी बढ्नु पर्छ” । सामाजिक बिकास डिभिजन कार्यालयका प्रमुख उद्धव प्रसाद श्रेष्ठले तालिममा सक्रिय सहभागीता जनाइ तालिमका विषयवस्तुलाइ आत्म साथ गर्न सहभागीलाइ अनुरोध गरे ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको तालिमको पहिलो दिन प्रशिक्षक मन भण्डारी र कल्पना अधिकारीले महिला अधिकार, महिलाको अवस्था र महिलावाद, नेतृत्व विकास, सकारात्मक सोच लगायतको विषयमा सहजीकरण गरेका थिए ।

तीन तिन सम्म चल्ने तालिमको उद्घाटन समारोहको सञ्चालन बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने बास नेपालका उपाध्यक्ष तथा तालिम विभाग प्रमुख दिला शाहले स्वागत संगै तालिमको उद्देश्यमाथी जानकारी गराएकी थिइन् ।

तालिममा नेपालगन्ज उपमहानगरपालिकाका बिभिन्न वडाका ९० जना मुस्लिम समुदायका महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्