Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

अछाममा कांग्रेस नेता पदमबहादुर बुढाको भिरबाट खसेर मृत्यु

९ जेष्ठ २०८२, बिहीबार १०:०१

अछाम। नेपाली कांग्रेस अछामको ढकारी गाउँपालिकाका उपसभापति पदमबहादुर बुढा भिरबाट खसेर मृत्यु भएका छन्। सेती नदी किनारको तुरे भन्ने ठाउँमा बुधबार उनको निधन भएको हो।

बुढा खेतमा धानको बिउ राख्न गएका थिए र डुंगा बचाउने क्रममा भिरबाट खसेका थिए। लामो समय सम्पर्कमा नआएपछि स्थानीयले उनको शव फेला पारेका थिए।

ढकारी–४ बलाता निवासी ४६ वर्षीय बुढाको शव सेती किनारबाट घर ल्याएर शुक्रबार दाहसंस्कार गरिनेछ।

प्रतिक्रिया दिनुहोस्