Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

परराष्ट्रमन्त्री डा राणाको जापानी विदेशमन्त्री ताकेसीसँग टोकियोमा द्विपक्षीय वार्ता

९ जेष्ठ २०८२, बिहीबार १०:०९

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच टोकियोमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

दुई मन्त्रीबीच नेपाल-जापान सम्बन्ध, आर्थिक-सामाजिक सहयोग र साझा चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

डा राणाले नेपालमा दीर्घकालीन सहयोगका लागि जापान सरकार र नागरिकहरूलाई धन्यवाद दिँदै नेपाल भ्रमणको निमन्त्रणासमेत दिएकी छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध सन् १९५६ देखि चलेको र आगामी वर्ष ७० वर्ष पूरा हुँदैछ।

उनीहरूले भगवान बुद्धको शिक्षामा आधारित पुरानो सांस्कृतिक सम्बन्ध र पर्यटकीय सहकार्यलाई पनि बल दिएका छन्। मन्त्री डा राणाले यस हप्ता सम्पन्न सगरमाथा संवादमा जापानको सक्रिय सहभागिताको पनि धन्यवाद व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्