Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

प्रतिनिधिसभा लेखा समितिद्वारा उपसमितिलाई प्रतिवेदन चाँडो बुझाउन निर्देशन

९ जेष्ठ २०८२, बिहीबार १०:१९

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिनका लागि गठन भएका उपसमितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

समितिका सभापति ऋषिकेश पोखरेलले एक महिनाभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने स्पष्ट गरेका छन्। हालसम्म समितिमा ४८ वटा उजुरी परेका छन् र ती छानबिनका लागि नौवटा उपसमिति गठन गरिएको थियो। समितिले ती उपसमितिका संयोजकहरुलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन आग्रह गरेको हो।

बैठकमा सभापति पोखरेलले बैठक मर्यादित राख्न समितिका सदस्यहरुलाई संयमित व्यवहार गर्न समेत अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस्