Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

आईपीएलमा आज आरसीबी र हैदराबादको भिडन्त

१० जेष्ठ २०८२, शुक्रबार १०:२७

काठमाडौँ। आईपीएल २०२५ अन्तर्गत ६५औँ खेलमा आज रोयल च्यालेन्जर्स बैंगलोरू (आरसीबी) र सनराइजर्स हैदराबाद (एसआरएच) लखनऊको इकाना स्टेडियममा भिड्दै छन्।

खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ। मौसमको खराबीका कारण खेल बैंगलुरूबाट इकानामा सारिएको हो। यो स्टेडियममा यी दुई टिम पहिलोपटक आमनेसामने हुँदैछन्।

१२ खेलबाट १७ अङ्क जोडेको आरसीबी तालिकाको दोस्रो स्थानमा छ भने हैदराबाद ९ अङ्कसहित आठौं स्थानमा रहेको छ। हिजोको खेलमा लखनउ सुपर जाइन्ट्सले तालिकाको शीर्षस्थानमा रहेको गुजरात टाइटन्सलाई ३३ रनले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्