Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

राजनीति त्याग र निरन्तर यात्रा हो : उपसभापति गुरुङ

११ जेष्ठ २०८२, शनिबार १०:५३

काठमाडौ। नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले राजनीति त्याग र निरन्तर यात्रा भएको बताउनु भएको छ ।

शनिवार काठमाडौको गोधुली फुडल्याण्डमा भएको नेपाली काङ्ग्रेसका नेता तथा स्याङ्जाका पुर्व सभापति एवं पुर्व सांसद स्वर्गीय खगेन्द्र राज रेग्मीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, “राजनीति निरन्तर यात्रा हो ।

अविरल यात्रा हो । राजनीतिमा के पाए भन्दा पनि लक्ष्यमा अटल भएर लाग्नु नै राजनीति हो । ” राजनीतिमा त्यागको मुल्य नहुने भन्दै स्वर्गीय रेग्मिबाट राजनीति धेरै सिक्नुपर्ने उल्लेख गर्नुभयो ।

शिक्षण पेसा संगै राजनीति गर्नुभएका रेग्मी आफ्नो पनि गुरु भएको बताउदै उहाँले जन्म दिने बुबा आमा, जिबन दिने घर्ती र ज्ञान दिने गुरु सधै भगवान सरह हुने समेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्