Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

राजनीति त्याग र निरन्तर यात्रा हो : उपसभापति गुरुङ

११ जेष्ठ २०८२, शनिबार १०:५३

काठमाडौ। नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले राजनीति त्याग र निरन्तर यात्रा भएको बताउनु भएको छ ।

शनिवार काठमाडौको गोधुली फुडल्याण्डमा भएको नेपाली काङ्ग्रेसका नेता तथा स्याङ्जाका पुर्व सभापति एवं पुर्व सांसद स्वर्गीय खगेन्द्र राज रेग्मीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, “राजनीति निरन्तर यात्रा हो ।

अविरल यात्रा हो । राजनीतिमा के पाए भन्दा पनि लक्ष्यमा अटल भएर लाग्नु नै राजनीति हो । ” राजनीतिमा त्यागको मुल्य नहुने भन्दै स्वर्गीय रेग्मिबाट राजनीति धेरै सिक्नुपर्ने उल्लेख गर्नुभयो ।

शिक्षण पेसा संगै राजनीति गर्नुभएका रेग्मी आफ्नो पनि गुरु भएको बताउदै उहाँले जन्म दिने बुबा आमा, जिबन दिने घर्ती र ज्ञान दिने गुरु सधै भगवान सरह हुने समेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्