Trending
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |    
समाचार

नेपाल मेडिकल कलेजमा पहिलाे पटक एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट निकालियाे मिर्गाैलाकाे पत्थरी

११ जेष्ठ २०८२, शनिबार १०:५७

काठमाडौं। नेपाल मेडिकल कलेजमा २३ वर्षीय बिरामीको एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी (ECIRS) बाट मिर्गौलाको पत्थरी निकालिएको छ ।

कलेजको युरो सर्जरी विभागले लोप्साङ पाल्देनको बाँया तर्फको मिर्गौलाको पत्थरी निकाल्न एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी सफलतापूर्वक गरेको हो ।

उनी तीनसाता अघि मिर्गौलामा गम्भिर समस्या देखा परेपछि नेपाल मेडिकल कलेजमा उपचारका लागि आएका थिए । उनलाई करिब २ महिनादेखि पिसाब पोल्ने समस्या थियो । युरोलोजी विभागका कन्सल्टेन्ट डा. निरज सुवेदी तथा कन्सल्टेन्ट युरोलोजिस्ट, किड्नी ट्रान्सप्लान्स सर्जन डा. बेश अन्सारी लगायतको टीमले (ECIRS) बाट मिर्गौलाको सफलतापूर्वक शल्यक्रिया गरेका थिए ।

उनको बाँया मिर्गौलाको पेल्भिसमा ६.९ एमएमको पत्थरी थियो । ल्याप्रोस्कोपी विधिबाट गरिएको शल्यक्रियामा मिर्गौलामा रहेका पत्थरीहरुलाई फुटाएर निकालिएको डा. वेश अन्सारीले बताए । ‘उहाँको बाँया मिर्गौलाको पेल्भिसमा ६.९ सेन्टिमिटरको पत्थरी रहेकोमा त्यसलाई निकाल्न एउटै शल्यक्रियाबाट निकाल्न संभव नदेखेपछि हामीले एकै पटक मुत्रनली र पेटको बाँया भागमा प्वाल पारेर पत्थरी निकालेका हौं ।’ डा. अन्सारीले बताए ।

के हो (ECIRS) पद्दति
यो एक न्यूनतम आक्रमक शल्यक्रिया प्रविधि हो जुन मुख्यतया ठूला वा जटिल मिर्गौलाको पत्थरी (जसलाई नेफ्रोलिथियासिस पनि भनिन्छ) को उपचार गर्न प्रयोग गरिन्छ ।

एक स्थानबाट (मुत्रनली वा कम्मर) मा प्वाल पारेर मिर्गौलाको पत्थरी निकाल्न नसक्दा दुवै स्थानबाट एन्डोस्कोपिक विधिबाट पत्थरी निकाल्ने गरिन्छ । यस प्रकारको शल्यक्रियामा सर्जनले एकै पटक दुवै प्रक्रियाहरु अपनाएर मिर्गौलाको पत्थरी निकाल्ने गर्दछन् । (ECIRS) पद्दति खासगरी ठूला पत्थरीहरु निकाल्न गरिने डा. अन्सारी बताउँछन् ।

‘सामान्य मिर्गौलाको पत्थरी मुत्रनली वा शरीरको एक स्थानमा प्वाल पारेर गरिन्छ । तर, ठूला र असमान्य अवस्थाको पत्थरी छ भने त्यसलाई (ECIRS) पद्दतिबाट निकालिन्छ ।’

(ECIRS) पद्दतिबाट गरिएको शल्यक्रियाले मिर्गौलामा रहेका जस्तोसुकै पत्थरी सहजै निकाल्न सहयोग पुग्ने गर्दछ । यसबाट बिरामीलाई कम पिडा हुने, ठूल्ठूलो घाउ बनाएर शल्यक्रिया गर्नु नपर्ने, शल्यक्रिया गरेका केही दिनमै घर जान सकिने, रक्तश्राव तथा संक्रमण कम हुने र बिरामी चाँडै निको हुन्छन् ।

नेपाल मेडिकल कलेजमा इन्डोस्कोपीक प्रविधिमा मिर्गौला तथा मुत्राशयको पत्थरी निकाल्ने, प्रोस्टेटको अप्रेसन, पाठेघरको अप्रेसन लगायतका शल्यक्रियाहरु हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्