Trending
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |    
खेलकुद

एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि

११ जेष्ठ २०८२, शनिबार ११:०१

काठमाडौं। नेपाल मिक्स बक्सिङ संघ, उमा नेपाल र बूढानीलकण्ठ कुङफुको संयुक्त आयोजनामा प्रथम एसियाली मिक्स बक्सिङ प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, थाइल्यान्ड, बंगलादेश र श्रीलंका गरी ६ राष्ट्रका १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक मिक्स बक्सिङ संघका अध्यक्ष सुकमान लामाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । इराक, इरान र अफ्गानिस्तानका प्रतिनिधि पनि प्रतियोगिताका लागि नेपाल आउने छन् ।

बूढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा सिनियर, सब जुनियर र जुनियर गरी विभिन्न ३० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । कुनैपनि मार्सल आर्ट्सको राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । सहभागीको खाना र बसोवासको व्यवस्थापन आयोजकले गर्ने छ । पत्रकार सम्मेलनमा बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङले प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरेका थिए ।

सो अवसरमा बोल्दै मेयर अधिकारीले बूढानीलकण्ठ नगरपालिकाले खेलकुदको विकास र खेलाडीको हितलाई मध्यजनर गरी विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताउदै प्रतियोगिताले बूढानीलकण्ठ नगरपालिकाको मात्र नभइ समग्र नेपालको पहिचान गराउन टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने नगरपालिका खेलाडीका लागि नगद पुरस्कारको व्यवस्था गरिएको बताउदै वार्षिक क्यालेन्डर नै बनाएर नगरको खेलकुदलाई चलायमान बनाउने योजना रहेको बताए । खेलकुद संयोजक तामाङले प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सरोकार सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

सो अवसरमा युकेस्थित उमा मुख्यालयबाट प्राप्त मिक्स बक्सिङ संघका अध्यक्ष सुकमान लामाको ब्ल्याक वेल्ट चौथो डानको प्रमाण पत्र पनि प्रदान गरिएको थियो । उमा नेपालका अध्यक्ष अशुराज श्रेष्ठको उपस्थितिमा मेयर अधिकारीले अध्यक्ष लामालाई प्रमाण पत्र हस्तान्तरण गरे ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका उप मेयर अनिता लामा, नेपाल बक्सिङ महासंघका वरिष्ठ उपाधयक्ष अर्जुनबहादुर केसी, महासचिव मानबहादुर भण्डारी, बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो । दुईदिने प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ नगरपालिका वडा ३ स्थित बूढानीलकण्ठ बैंक्युटमा खेलाइने छ ।

प्रतिक्रिया दिनुहोस्