Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

‘अञ्जिला’को युके प्रदर्शनमा एञ्जिला सहभागी नहुने, दर्शकसँग मागिन् माफी

११ जेष्ठ २०८२, शनिबार ११:२४

काठमाडौं। नेपालमा ११औँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘अञ्जिला’की मुख्य पात्र तथा नेपाली महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको युके भ्रमण अन्तिम समयमा रोकिएको छ ।

चलचित्र ‘अञ्जिला’को शनिवार युकेको अल्डरसटमा हुने प्रदर्शनका लागि एञ्जिलाको उपस्थिति निश्चित भएता पनि अन्तर्राष्ट्रिय खेलको कारण भ्रमण रोकिएको आयोजक न्यु होराइजन क्रिएशन लिमिटेड, युकेले जनाएको छ ।

यसबारेमा एञ्जिला आफैँले पनि एक भिडियो सन्देश जारी गर्दै आफ्नो पहिलो प्राथमिकता फुटबल नै रहेको बताएकी छन् । उनले आफू आउने भनेर उत्साहमा रहेका दर्शकसँग माफी माग्दै खेलको कारण चलचित्रको प्रदर्शनमा आउन नपाएको जानकारी गराएकी छन् । भ्रमण रोकिएसँगै युकेस्थित दर्शक तथा शुभेच्छुकहरूमाझ उत्पन्न जिज्ञासा र असन्तुष्टिलाई सम्बोधन गर्दै राष्ट्रिय जिम्मेवारीका कारण भ्रमण स्थगित गरिएको आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, “अञ्जिला तुम्बापो सुब्बालाई आगामी थाइल्यान्ड र अन्य देशमा हुने अन्तर्राष्ट्रिय खेलका लागि टोलीको नेतृत्व गर्न, तयारी गराउन, प्रेस कन्फ्रेन्समा सहभागी हुन, बैठकहरूमा उपस्थित हुन र अन्य आधिकारिक प्रक्रिया पूरा गर्न लगायत अग्रिम रूपमा टोलीमा फर्कन बोलाइएको हो । राष्ट्रिय टोलीकी प्रमुख गोलकिपर समेत भएकाले, टिमका अन्य खेलाडीको तुलनामा उनको जिम्मेवारी र आवश्यकता अधिक छ । त्यसैले उनलाई समयमै टोलीमा फर्कन अपरिहार्य भयो ।”

यो चलचित्र एञ्जिलाको वास्तविक जीवनमा आधारित छ । उनको जीवनसंघर्ष र सफलतालाई पर्दामा उतारेको यस चलचित्रले दर्शकहरूबाट उल्लेख्य माया पाइरहेको छ । ‘अञ्जिला’का निर्देशक मिलन चाम्स हुन् भने यसलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्