Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

बजेट २०८२/८३ को तयारी अन्तिम चरणमा, अर्थ मन्त्रालयका प्रकाशनहरु तयार

१२ जेष्ठ २०८२, आईतवार ११:३५

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा पुगेको छ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानहरुको प्रगति विवरण, मन्त्रालयगत प्रगति विवरण र प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी अन्तिम चरणमा छ।

यसैगरी, बजेट वक्तव्य, व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकको तयारी पनि तीव्र गतिमा भइरहेको छ।

मन्त्रालयले यसअघि नै आगामी आर्थिक वर्षको बजेट सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्