Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

बजेट २०८२/८३ को तयारी अन्तिम चरणमा, अर्थ मन्त्रालयका प्रकाशनहरु तयार

१२ जेष्ठ २०८२, आईतवार ११:३५

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा पुगेको छ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानहरुको प्रगति विवरण, मन्त्रालयगत प्रगति विवरण र प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी अन्तिम चरणमा छ।

यसैगरी, बजेट वक्तव्य, व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकको तयारी पनि तीव्र गतिमा भइरहेको छ।

मन्त्रालयले यसअघि नै आगामी आर्थिक वर्षको बजेट सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्