Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

खाँडाचक्र–४ मा बिना राष्ट्रिय परिचयपत्र भत्ता वितरण बन्द हुने

१२ जेष्ठ २०८२, आईतवार ११:४१

कालिकोट। खाँडाचक्र नगरपालिका वडा नं. ४ मा बसोबास गर्ने सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरूका लागि एक सूचना सार्वजनिक गरिएको छ।

आगामी आर्थिक वर्ष २०८२/०८३ देखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्र र बायोमेट्रिक प्रणाली अनिवार्य रूपमा लागू गरिने वडा अध्यक्ष प्रभानन्द आचार्यले बताए।

वडाभित्रका वृद्ध नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति लगायत अन्य सामाजिक सुरक्षा लाभग्राहीहरूलाई लक्षित गर्दै जारी गरिएको सूचनामा, अझै पनि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता नभएका लाभग्राहीहरूले चाँडै आफ्नो विवरण वडा कार्यालयमा बुझाउनुपर्ने बताइएको छ।

वडा अध्यक्ष प्रभानन्द आचार्यले सबै लाभग्राहीहरूलाई सूचना प्रदान गर्दै भनेका छन्, “सरकारको डिजिटलिकरण प्रयासलाई सफल बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक छ। यदि निर्धारित समयभित्र दर्ता नगरिएमा भत्ता प्राप्तिमा समस्या आउन सक्छ।”

राष्ट्रिय परिचयपत्र तथा बायोमेट्रिक प्रणाली लागू गर्नुको मुख्य उद्देश्य लाभग्राहीहरूको सही पहिचान सुनिश्चित गर्नु, दोहोरो भुक्तानी रोक्नु र भत्ता वितरण प्रक्रियालाई पारदर्शी, व्यवस्थित तथा डिजिटल बनाउनु रहेको वडा अध्यक्षआचार्यले बताएका छन्।

वडा नं. ४ को कार्यालयले वडामा रहेका सबै लाभग्राहीहरू, जो हालसम्म राष्ट्रिय परिचयपत्रमा दर्ता भइसकेका छैनन्, उनीहरूलाई वडा कार्यालयमा सम्पर्क गरी तुरुन्तै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

यस प्रणालीले सामाजिक सुरक्षाभत्ता प्रणालीलाई थप मजबुत बनाउने विश्वास लिएको छ। यता, स्थानिय बासिन्दाहरूले पनि यो परिवर्तनलाई सकारात्मक रूपमा लिँदै समयमै प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्