Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला

१२ जेष्ठ २०८२, आईतवार ११:५०

काठमाडौँ। ललितपुर महानगरपालिकाले आफ्ना स्थानीय बासिन्दालाई लक्षित गर्दै कोडिङसम्बन्धी आठ महिनाको निःशुल्क तालिम दिने भएको छ ।

महानगरले “लो लेवल कोडीङ–वेबमा आधारित सफ्टवेयर” विषयमा तालिम प्रदान गर्न भक्तपुरको चाँगुनारायण फाउन्डेसनसँग सहकार्य गरेको जनाएको छ । तालिमले नगरवासीलाई स्वदेशमै रोजगार तथा स्वरोजगारको अवसर दिन सहयोग पुग्ने महानगरको विश्वास छ ।

तालिममा सहभागी हुन चाहने ललितपुरका स्थानीय बासिन्दाले २५ जेठभित्र अनलाइन आवेदन दिनुपर्नेछ । आवेदक कम्तीमा १८ वर्ष उमेर पूरा भई कक्षा १२ उत्तीर्ण हुनुपर्छ ।

आवेदन दिनका लागि आवश्यक कागजातहरूमा नागरिकताको प्रतिलिपि, कक्षा १२ उत्तीर्ण प्रमाणपत्र वा ट्रान्सक्रिप्ट, ललितपुरमा स्थायी बासोबास प्रमाणित गर्ने कागजात (बसाइँसराई वा विवाह दर्ता प्रमाणपत्र), र पासपोर्ट साइजको फोटो समावेश गर्नुपर्नेछ ।

महानगरले अन्तर्वार्ता मार्फत १५ जनालाई छनोट गरेर तालिममा सहभागी गराउनेछ । इच्छुकले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्