Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

१३ जेष्ठ २०८२, सोमबार ११:०५

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र समर्थक आन्दोलनप्रति दिएको अभिव्यक्तिमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई संयमित रहन आग्रह गरेको हो।

राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि राजधानीमा जनआन्दोलन गर्ने घोषणा गरिसकेको छ। यस सन्दर्भमा प्रधानमन्त्री ओलीले आइतबार आयोजित सार्वजनिक कार्यक्रममा “जेठ १५ गते एघार बजेदेखि दुई बजेसम्म काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ” भन्ने अभिव्यक्ति दिएका थिए।

आयोगले उक्त अभिव्यक्तिलाई उत्तेजनात्मक र द्वन्द्व निम्त्याउने खालको भएको जनाएको छ। “सुरक्षाको जिम्मेवारी राज्यको हो, कुनै पार्टीले क्षेत्र नियन्त्रणमा लिन खोज्नु लोकतान्त्रिक मूल्यविपरीत हो,” विज्ञप्तिमा उल्लेख छ।

विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित भए पनि, त्यसको प्रयोग अरूको स्वतन्त्रतामा प्रभाव पार्ने गरी गर्न नहुने आयोगले स्पष्ट पारेको छ। आयोगले सबै पक्षलाई शान्तिपूर्ण प्रदर्शन गर्न, सुरक्षाका निकायलाई शान्ति व्यवस्था कायम राख्न र नेताहरूलाई संयमित भाषा प्रयोग गर्न विशेष आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्