Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

आईपीएलमा पन्जाबको शानदार जित, मुम्बईलाई हराउँदै क्वालिफायरमा प्रवेश

१४ जेष्ठ २०८२, मंगलवार ०१:१८

काठमाडौं। पन्जाब किङ्सले मुम्बई इन्डियनलाई ७ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपिएल) को पहिलो क्वालिफायरमा स्थान बनाएको छ।

१८५ रनको लक्ष्य पछ्याएको पन्जाबले ९ बल बाँकी छँदै ३ विकेटको क्षतिमा १८७ रन बनाउँदै रोमाञ्चक जित हात पारेको हो। पन्जाबको जितमा प्रियांश आर्य र जोस इङ्लिसको दोस्रो विकेटका लागि भएको १०९ रनको साझेदारी निर्णायक रह्यो। जोस इङ्लिसले ४२ बलमा ७३ रन र आर्यले ३५ बलमा ६२ रन बनाए। दुवै खेलाडीलाई माइकल सान्टनरले आउट गरे।

मुम्बईका लागि जसप्रित बुमराहले २३ रन खर्चेर एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। सूर्यकुमार यादवले सर्वाधिक ५७ रन बनाए। हार्दिक पाण्डेले १५ बलमा २६ र नमन धिरले १२ बलमा २० रन जोडे।

पन्जाबको जितसँगै मुम्बई इलिमिनेटरमा पुग्ने पक्का भएको छ। अब लिग चरणको अन्तिम खेल लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बंगलोरबीच हुनेछ। सो खेलमा बंगलोर विजयी भएमा उनीहरू क्वालिफायरमा पुग्नेछन् भने लखनउ विजयी भएमा गुजरात टाइटन्स पहिलो क्वालिफायरमा प्रवेश गर्नेछ।

प्रतिक्रिया दिनुहोस्