Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

आईपीएलमा पन्जाबको शानदार जित, मुम्बईलाई हराउँदै क्वालिफायरमा प्रवेश

१४ जेष्ठ २०८२, मंगलवार ०१:१८

काठमाडौं। पन्जाब किङ्सले मुम्बई इन्डियनलाई ७ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपिएल) को पहिलो क्वालिफायरमा स्थान बनाएको छ।

१८५ रनको लक्ष्य पछ्याएको पन्जाबले ९ बल बाँकी छँदै ३ विकेटको क्षतिमा १८७ रन बनाउँदै रोमाञ्चक जित हात पारेको हो। पन्जाबको जितमा प्रियांश आर्य र जोस इङ्लिसको दोस्रो विकेटका लागि भएको १०९ रनको साझेदारी निर्णायक रह्यो। जोस इङ्लिसले ४२ बलमा ७३ रन र आर्यले ३५ बलमा ६२ रन बनाए। दुवै खेलाडीलाई माइकल सान्टनरले आउट गरे।

मुम्बईका लागि जसप्रित बुमराहले २३ रन खर्चेर एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। सूर्यकुमार यादवले सर्वाधिक ५७ रन बनाए। हार्दिक पाण्डेले १५ बलमा २६ र नमन धिरले १२ बलमा २० रन जोडे।

पन्जाबको जितसँगै मुम्बई इलिमिनेटरमा पुग्ने पक्का भएको छ। अब लिग चरणको अन्तिम खेल लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बंगलोरबीच हुनेछ। सो खेलमा बंगलोर विजयी भएमा उनीहरू क्वालिफायरमा पुग्नेछन् भने लखनउ विजयी भएमा गुजरात टाइटन्स पहिलो क्वालिफायरमा प्रवेश गर्नेछ।

प्रतिक्रिया दिनुहोस्