Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

१४ जेष्ठ २०८२, मंगलवार ०७:०२

काठमाडौं। बंगलादेश क्रिरा सिखा प्रोतिष्ठान (बीकेएसपी) कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् ।

नेपालले थप १ रजत र ४ कांस्य पनि जित्दै समग्रमा उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग (पाम) का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कांस्य जिते । प्रतियोगितामा पामबाट ५ खेलाडी सहभागी भएकोमा सबैले पदक चुमे ।

पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाए ।

पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान तिखत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कांस्य हात पारे ।

प्रतियोगितामा नेपालबाट जम्मा १२ खेलाडी सहभागी थिए । ति मध्ये निशा, विनिता, पेमा, सविन र समिता पामका हुन् । प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् ।

राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । बंगलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कांस्यसाथ टिम च्याम्पियन बन्यो ।

प्रतिक्रिया दिनुहोस्