Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

१४ जेष्ठ २०८२, मंगलवार ०७:०२

काठमाडौं। बंगलादेश क्रिरा सिखा प्रोतिष्ठान (बीकेएसपी) कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् ।

नेपालले थप १ रजत र ४ कांस्य पनि जित्दै समग्रमा उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग (पाम) का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कांस्य जिते । प्रतियोगितामा पामबाट ५ खेलाडी सहभागी भएकोमा सबैले पदक चुमे ।

पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाए ।

पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान तिखत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कांस्य हात पारे ।

प्रतियोगितामा नेपालबाट जम्मा १२ खेलाडी सहभागी थिए । ति मध्ये निशा, विनिता, पेमा, सविन र समिता पामका हुन् । प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् ।

राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । बंगलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कांस्यसाथ टिम च्याम्पियन बन्यो ।

प्रतिक्रिया दिनुहोस्