Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता

१५ जेष्ठ २०८२, बुधबार ०९:३३

काठमाण्डौ: क्याटल (CATL)र फोटोन मोटरले गत फेब्रुअरी ८ तारिखमा चीनको फुजियान प्रान्तको निङ्दे सहरमा आयोजित एक समारोहमा आफ्ना १० वर्षे रणनीतिक साझेदारीका लागि एक सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुरुप अब दुवै कम्पनीले व्यावसायिक सवारी साधनहरूलाई इलेक्ट्रिफिकेसन गर्नेकाम सँगै गर्ने छन्।

उनीहरूले प्रविधि विकासअन्तर्राष्ट्रिय बजार विस्तारसवारीसाधन र ब्याट्री सेवा र सम्पूर्ण उद्योग प्रणाली निर्माणमा आ-आफ्नो क्षमता प्रयोग गरेर फलदायी साझेदारी गर्ने योजना बनाएका छन्।

यो साझेदारी चीनको दुई ठूला कम्पनीहरू फोटोन मोटर (व्यावसायिक सवारी निर्माणकर्ता) र क्याटल (पावर ब्याट्री बनाउने कम्पनी)बीचको सहकार्य होजसले ग्रीन इनर्जीतर्फको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ। यसले नयाँ ऊर्जामा आधारित व्यावसायिक सवारी प्रविधिको विकासमा गति दिने अपेक्षा गरिएको छ।

फोटोन मोटरको स्थापना सन् १९९६ मा भएको हो र यो अहिले चीनको सबैभन्दा ठूलो व्यावसायिक सवारी निर्माता हो। सन् २०२१ मा यसले विश्वभर १ करोडभन्दा बढी गाडी बिक्री गर्दै चीनको अटोमोबाइल इतिहासमा छोटो समयमै यस्तो किर्तिमान बनाउने चीनको स्वतन्त्र इन्टेलेक्चुअल प्रोपर्टी भएको पहिलो स्वदेशी ब्राण्डको रूपमा आफ्नो नाम बनाएको छ। फोटोनले लगातार २० वर्षसम्म चीनमा सबैभन्दा धेरै व्यावसायिक सवारी बेच्ने कम्पनीको स्थान कायम राखेको छर यो १५ वर्षदेखि सबैभन्दा धेरै सवारी निर्यात गर्ने कम्पनी पनि हो। यसको सेवा तथा उत्पादन १३० भन्दा बढी देशहरूमा उपलब्ध छन्।

क्याटल भनेको विश्वमै अग्रणी न्यू इनर्जी प्रविधि कम्पनी हो। यसले विश्वभर न्यू इनर्जी सोलुसन्स उपलब्ध गराउँदै आएको छ। क्याटलको प्रविधि र उद्योगसम्बन्धी अनुभवले गर्दा उसले लगातार व्यावसायिक सवारीमा सबैभन्दा धेरै ब्याट्री आपूर्ति गर्ने कम्पनीको स्थान बनाएको छ। यसको क्याटल टेकट्रान्स(CATL TECTRANS)ब्रान्डले लजिस्टिक्स रसार्वजनिक यातायातका क्षेत्रमा विस्तृत उपयोगिताहरू प्रदान गर्दै बसहल्का तथा भारी ट्रक र निर्माण उपकरणहरूको लागि लामो दूरीफास्ट चार्जिङर लामो आयु हुने ब्याट्री सोलुसन्स दिन्छ।

चीनको सभ्यतामा आधारित भए तापनिविश्व संस्कृतिलाई अँगाल्दै क्याटल र फोटोन मोटरले आपसी सहकार्यको माध्यमबाट समृद्धि फैलाउने उद्देश्य राखेका छन्। भविष्यमा क्याटलले अन्य उद्योग क्षेत्रका कम्पनीहरूसँग पनि सहकार्य गर्दैकमर्सियल भेहिकल ब्याट्री प्रविधिलाई अझ फैलाउने योजना बनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्