Trending
राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |    
समाचार

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह

९ आश्विन २०८१, बुधबार १४:४५

९ असोज, काठमाडौँ। इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तिब्र बनाएपछि बेलायतले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।

बेलायतका प्रधानमन्त्री केयर स्टाररले बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै आफ्ना नागरिकलाई लेबनान छोड्न अपिल गरेका छन् ।

साथै बेलायतको रक्षा मन्त्रालयले लेबनानबाट बेलायती नागरिकलाई बाहिर निकाल्न ७०० सैनिकको फौज पठाउने भएको छ । बेलायती सरकारले पनि नागरिकलाई लेबनान नजान सल्लाह दिएको छ । हाल करिब १० हजार बेलायती नागरिक लेबनानमा बस्दै आएका छन् ।

अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जापान, साउदी अरेबिया, दक्षिण कोरिया र अमेरिकालगायत धेरै देशले पनि आफ्ना नागरिकहरूलाई लेबनान छोड्न आग्रह गरेका छन् ।

इजरायलले जनाएअनुसार बुधबार हिज्बुल्लाहले तेल अवीवलाई लक्षित गरेर बैलिस्टिक मिसाइल प्रहार गरे पनि त्यसलाई रोक्न सफल भएको जनाएको छ। उत्तरी इजरायलमा आफूहरूले दर्जनौं मिसाइल प्रहार गरेको हिज्बुल्लाहले जनाएको छ।

पछिल्लो समय इजरायलले हिज्बुल्लाहलाई लक्षित गरी लेबनानमाथि आक्रमणलाई तीब्र बनाएको छ। हिज्बुल्लाहले रकेट प्रहार गरेपछि जवाफी कारबाही सुरू गरिएको इजरायलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्