Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

भक्तपुरमा फिर्ता ल्याइएको सार्वजनिक जग्गामा काल भैरबको मूर्ति स्थापना

१८ जेष्ठ २०८२, शनिबार ०६:०९

भक्तपुर। चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा फिर्ता ल्याएर काल भैरबको मूर्ति स्थापना गरिएको छ।

२०४२ सालमा व्यक्तिको नाममा दर्ता भई हक हस्तान्तरण भएको उक्त ४७ नं कित्ता सार्वजनिक जग्गा फिर्ता ल्याउन स्थानीयले अख्तियारमा उजुरी दिएका थिए। अनुसन्धानपश्चात् २०६०/०६१ मा मालपोत कार्यालयमार्फत सरकारी नाममा दर्ता फिर्ता गरियो।

स्थानीय सरकार र बासिन्दाको पहलमा अहिले सो जग्गामा ढुङ्गाबाट काल भैरबको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा गरिएको छ। वडाध्यक्ष सिजन कार्कीका अनुसार अब उक्त क्षेत्रमा करिब २० लाख लागतमा अर्को मन्दिर, बहुउदेश्यीय सामुदायिक भवन निर्माण र धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने योजना अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्