Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

भक्तपुरमा फिर्ता ल्याइएको सार्वजनिक जग्गामा काल भैरबको मूर्ति स्थापना

१८ जेष्ठ २०८२, शनिबार ०६:०९

भक्तपुर। चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा फिर्ता ल्याएर काल भैरबको मूर्ति स्थापना गरिएको छ।

२०४२ सालमा व्यक्तिको नाममा दर्ता भई हक हस्तान्तरण भएको उक्त ४७ नं कित्ता सार्वजनिक जग्गा फिर्ता ल्याउन स्थानीयले अख्तियारमा उजुरी दिएका थिए। अनुसन्धानपश्चात् २०६०/०६१ मा मालपोत कार्यालयमार्फत सरकारी नाममा दर्ता फिर्ता गरियो।

स्थानीय सरकार र बासिन्दाको पहलमा अहिले सो जग्गामा ढुङ्गाबाट काल भैरबको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा गरिएको छ। वडाध्यक्ष सिजन कार्कीका अनुसार अब उक्त क्षेत्रमा करिब २० लाख लागतमा अर्को मन्दिर, बहुउदेश्यीय सामुदायिक भवन निर्माण र धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने योजना अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्