Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री

१८ जेष्ठ २०८२, शनिबार ०६:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिनु निराधार र अनुचित भएको बताएका छन् ।

एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री लेखकको राजीनामा माग्नु अनुचित भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछि प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने बताए ।

“प्रतिक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु । तर, माग राख्दा वा विरोध गर्दा आधार चाहिन्छ । गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्,” उनले भने, “एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई यो सरकार नै मन परेको छैन । उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन ।”

प्रधानमन्त्री ओलीले गतवर्ष तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उनीमाथि सीआईबीले छानबिन गरिरहेको स्मरण गरे । तर, अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।

“अहिले यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन,” उनले भने । विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा नहुने उनले स्पट पारे ।

कांग्रेसका केही नेताले गृहमन्त्री लेखकको राजीनामा मागेको सन्दर्भमा उनले पार्टीभित्रको समस्या पार्टीभित्रै मिलाउनुपर्ने बताए । घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई ‘डिष्टर्ब’ हुने गरी नगर्न प्रधानमन्त्री ओलीको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्