Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

वाइडेनले आयोजना गरेकाे स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

१० आश्विन २०८१, बिहीबार ०३:००

१० असोज, न्युयोर्क। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन गएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी भएका हुन् ।

प्रधानमन्त्री ओलीले आज राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनलाई सम्बोधन गर्ने छन् । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्