Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

परराष्ट्रमन्त्री आरजु राणा हङकङ भ्रमण सकेर स्वदेश फर्किइन्

१९ जेष्ठ २०८२, आईतवार ०३:४८

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापनासम्बन्धी महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर शनिबार राति स्वदेश फर्किएकी छन्।

हङकङमा आयोजित समारोहमा नेपाल पर्यवेक्षकका रूपमा सहभागी भएको थियो। कार्यक्रममा ३२ मुलुकका अधिकारीले हस्ताक्षर गरे भने ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी थिए।

कार्यक्रमका क्रममा मन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। भेटमा नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने, आर्थिक तथा प्राविधिक सहकार्य विस्तार र निर्माणाधीन परियोजना समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको थियो।

सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ विशेष कार्यक्रममार्फत मनाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्