Trending
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |    
समाचार

परराष्ट्रमन्त्री आरजु राणा हङकङ भ्रमण सकेर स्वदेश फर्किइन्

१९ जेष्ठ २०८२, आईतवार ०३:४८

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापनासम्बन्धी महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर शनिबार राति स्वदेश फर्किएकी छन्।

हङकङमा आयोजित समारोहमा नेपाल पर्यवेक्षकका रूपमा सहभागी भएको थियो। कार्यक्रममा ३२ मुलुकका अधिकारीले हस्ताक्षर गरे भने ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी थिए।

कार्यक्रमका क्रममा मन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। भेटमा नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने, आर्थिक तथा प्राविधिक सहकार्य विस्तार र निर्माणाधीन परियोजना समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको थियो।

सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ विशेष कार्यक्रममार्फत मनाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्