Trending
राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |    
समाचार

को को परे धितोपत्र बोर्डको अन्तिम ३ सूचीमा?

१० आश्विन २०८१, बिहीबार ०३:०९

१० असोज,काठमाडौँ। नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन दिने आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता असोज १८ गते हुने भएको छ।

अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई बोलाएको हो।

यसअघि दुई पटकसम्म उनीहरूलाई अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि बोलाइएको भएपनि उनीहरू पुगेका थिएनन्।  चैत २५ गते आवेदकहरूमध्ये पाँच जनाको नाम अन्तर्वार्ता तथा प्रस्तुतीकरण प्रक्रियाका लागि छनोट गरिएको थियो । योग्य उम्मेदवारलाई भन्दा पार्टी निकटलाई सर्टलिस्ट गरिएको भन्दै त्यतिबेलादेखि नै यो प्रक्रियाको विरोध हुँदै आएको थियो । उनीहरूलाई सोही साता अन्तर्वार्ता र प्रस्तसतीकरणका लागि बोलाइए पनि  कसरलाई नियुक्त गर्ने भन्ने सम्बन्धमा सत्ता गठबन्धनका नेताबिच कुरा नमिलेपछि यो असारसम्म रोकियो ।

असार २ गते उनीहरूलाई दोस्रोपटक अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, अध्यक्ष नियुक्तिको म्याच फिक्सिङ गरेर अन्तरवार्तामा बोलाइएको भन्दै उल्लेखित तीन उम्मेदवारले उक्त प्रक्रिया नै बहिस्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्