Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

को को परे धितोपत्र बोर्डको अन्तिम ३ सूचीमा?

१० आश्विन २०८१, बिहीबार ०३:०९

१० असोज,काठमाडौँ। नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन दिने आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता असोज १८ गते हुने भएको छ।

अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई बोलाएको हो।

यसअघि दुई पटकसम्म उनीहरूलाई अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि बोलाइएको भएपनि उनीहरू पुगेका थिएनन्।  चैत २५ गते आवेदकहरूमध्ये पाँच जनाको नाम अन्तर्वार्ता तथा प्रस्तुतीकरण प्रक्रियाका लागि छनोट गरिएको थियो । योग्य उम्मेदवारलाई भन्दा पार्टी निकटलाई सर्टलिस्ट गरिएको भन्दै त्यतिबेलादेखि नै यो प्रक्रियाको विरोध हुँदै आएको थियो । उनीहरूलाई सोही साता अन्तर्वार्ता र प्रस्तसतीकरणका लागि बोलाइए पनि  कसरलाई नियुक्त गर्ने भन्ने सम्बन्धमा सत्ता गठबन्धनका नेताबिच कुरा नमिलेपछि यो असारसम्म रोकियो ।

असार २ गते उनीहरूलाई दोस्रोपटक अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, अध्यक्ष नियुक्तिको म्याच फिक्सिङ गरेर अन्तरवार्तामा बोलाइएको भन्दै उल्लेखित तीन उम्मेदवारले उक्त प्रक्रिया नै बहिस्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्