Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

२१ जेष्ठ २०८२, मंगलवार १०:३४

काठमाडौँ। प्रतिनिधिसभाको मङ्गलबारका लागि तय भएको बैठक बस्दै नबसी बुधबार सम्मका लागि स्थगित भएको छ।

आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो। त्यसपछि पनि बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।

विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन्। सदन नचल्ने अवस्था आएपछि सूचना टाँसेर समय सर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्