Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त

२१ जेष्ठ २०८२, मंगलवार १०:४८

काठमाडौँ। इन्टरनेट सेवा प्रदायक डिसहोम इन्टरनेटले अभिनेत्री दिव्या राई माझीलाई आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ।

डिसहोमको भैंसेपाटीस्थित कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा अभिनेत्री माझी र प्रमुख बजार अधिकृत सञ्जयप्रसाद राजभण्डारीबीच सम्झौतामा हस्ताक्षर भएको हो।

कम्पनीले दिव्यालाई नयाँ पुस्ताको प्रतिनिधि मान्दै उनको लोकप्रियता र डिजिटल यात्राप्रतिको रुचि ब्रान्डको दृष्टिकोणसँग मेल खाने बताएको छ।

डिसहोमले भन्यो, “दिव्या राई माझी युवाको आवाज र डिजिटल भविष्यको प्रतीक हुन्। उनीसँगको सहकार्यले नयाँ पुस्तासँग अझ बलियो सम्बन्ध कायम गर्न मद्दत गर्नेछ।” अभिनेत्री माझीले भनिन्, “डिसहोम इन्टरनेटजस्तो द्रुत गतिमा अघि बढिरहेको ब्रान्डसँग जोडिन पाउनु गौरवको कुरा हो।”

हाल डिसहोम इन्टरनेटले देशभर ३ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ र “माई डिसहोम” एपमार्फत ग्राहक सेवा स्मार्ट बनाएको छ। दिव्यासँगको सहकार्यले कम्पनीले डिजिटल पहुँच आम जनसमुदायसम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्