Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त

२१ जेष्ठ २०८२, मंगलवार १०:४८

काठमाडौँ। इन्टरनेट सेवा प्रदायक डिसहोम इन्टरनेटले अभिनेत्री दिव्या राई माझीलाई आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ।

डिसहोमको भैंसेपाटीस्थित कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा अभिनेत्री माझी र प्रमुख बजार अधिकृत सञ्जयप्रसाद राजभण्डारीबीच सम्झौतामा हस्ताक्षर भएको हो।

कम्पनीले दिव्यालाई नयाँ पुस्ताको प्रतिनिधि मान्दै उनको लोकप्रियता र डिजिटल यात्राप्रतिको रुचि ब्रान्डको दृष्टिकोणसँग मेल खाने बताएको छ।

डिसहोमले भन्यो, “दिव्या राई माझी युवाको आवाज र डिजिटल भविष्यको प्रतीक हुन्। उनीसँगको सहकार्यले नयाँ पुस्तासँग अझ बलियो सम्बन्ध कायम गर्न मद्दत गर्नेछ।” अभिनेत्री माझीले भनिन्, “डिसहोम इन्टरनेटजस्तो द्रुत गतिमा अघि बढिरहेको ब्रान्डसँग जोडिन पाउनु गौरवको कुरा हो।”

हाल डिसहोम इन्टरनेटले देशभर ३ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ र “माई डिसहोम” एपमार्फत ग्राहक सेवा स्मार्ट बनाएको छ। दिव्यासँगको सहकार्यले कम्पनीले डिजिटल पहुँच आम जनसमुदायसम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्