Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सहमतिपछि पनि यातायात व्यवसायीले चलाएनन् गाडी

२१ जेष्ठ २०८२, मंगलवार ११:१५

काठमाडौं। काठमाडौं उपत्यकामा आज पनि यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गराएका छन् ।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर राति सम्म चलेको तेस्रो चरणको वार्तापछि सरकारसँग सहमति भए पनि व्यवसायीहरुले उपत्यकामा गाडी नचलाएका हुन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली पूर्णरूपमा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने उनीहरुको अडान छ । यससँगै, उपत्यकामा सार्वजनिक यातायात फाट्टफुट्ट मात्रै चलेका छन् ।सवारी साधन नचलेपछि यात्रुहरू प्रभावित भएका छन् ।

यातायात व्यवसायीहरुले गण्डकीमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प पार्दै आएका छन् भने सोमबारदेखि काठमाडौँ उपत्यकालगायत देशभरका यातायात ठप्प पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्