Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

आईसीसी विश्वकप लिग २: नेपालले नेदरल्यान्ड्सविरुद्ध बलिङ गर्ने

२२ जेष्ठ २०८२, बुधबार १०:०३

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा नेपालले नेदरल्यान्ड्ससँग टस हार्दै फिल्डिङ गर्ने भएको छ। नेदरल्यान्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेका छन्।

त्रिदेशीय शृंखलामा नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो। नेपालले लिग–२ को तेस्रो खेल आइतवार स्कटल्यान्ड र मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्नेछ।

हाल लिग–२ को तालिकामा नेपाल १३ खेलमा ८ अंकसहित सातौं स्थानमा छ भने नेदरल्यान्ड्स दोस्रो र स्कटल्यान्ड चौथो स्थानमा छन्। अमेरिका शीर्ष स्थानमा रहेको छ।

लिग–२ को शीर्ष ४ टोली विश्वकप ग्लोबल छनोटमा सिधै पुग्नेछन् भने तल्लो ४ टोलीले छनोट प्लेअफ खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्