Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

आईसीसी विश्वकप लिग २: नेपालले नेदरल्यान्ड्सविरुद्ध बलिङ गर्ने

२२ जेष्ठ २०८२, बुधबार १०:०३

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा नेपालले नेदरल्यान्ड्ससँग टस हार्दै फिल्डिङ गर्ने भएको छ। नेदरल्यान्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेका छन्।

त्रिदेशीय शृंखलामा नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो। नेपालले लिग–२ को तेस्रो खेल आइतवार स्कटल्यान्ड र मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्नेछ।

हाल लिग–२ को तालिकामा नेपाल १३ खेलमा ८ अंकसहित सातौं स्थानमा छ भने नेदरल्यान्ड्स दोस्रो र स्कटल्यान्ड चौथो स्थानमा छन्। अमेरिका शीर्ष स्थानमा रहेको छ।

लिग–२ को शीर्ष ४ टोली विश्वकप ग्लोबल छनोटमा सिधै पुग्नेछन् भने तल्लो ४ टोलीले छनोट प्लेअफ खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्