Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

रेवीज नियन्त्रणका लागि खाँडाचक्र नगरपालिका वडा नं. ४ मा कुकुरलाई खोप दिने कार्यक्रम सम्पन

२२ जेष्ठ २०८२, बुधबार १०:३३

कालीकोट। हाल नेपालमा महामारीका रूपमा फैलिएको रेवीज रोग नियन्त्रणका लागि देशभर विभिन्न जनचेतनामूलक तथा स्वास्थ्य कार्यक्रमहरू सम्पन भएको छ।  यसै सन्दर्भमा, खाँडाचक्र नगरपालिका वडा नं. ४ मा पनि रेवीज नियन्त्रणका लागि एक विशेष खोप कार्यक्रम सञ्चालन  भएको थियो।

वडा अध्यक्ष प्रभानन्द आचार्यले भने सो कार्यक्रम वडाभित्र रहेका सम्पूर्ण वासिन्दालाई लक्षित गरी आयोजना गरिएको थियो। खासगरी घरमा पालेका कुकुरहरूलाई लक्षित गर्दै खोप कार्यक्रम सञ्चालन गरि र उक्त कार्यमा सबैको सक्रिय सहभागिता रहेको वडा अध्यक्ष आचार्यले बताएका छन् ।

वडा अध्यक्ष आचार्यका आनुसार रेवीज एक घातक रोग हो जुन मुख्य रूपमा कुकुरबाट मानिसमा सर्छ। यो रोग एक पटक देखा परेपछि यसको उपचार असम्भव जस्तै हुने भएकाले यसबाट बच्नका लागि सतर्कता, सावधानी तथा नियमित खोप अनिवार्य छ। त्यसैले, वडामा रहेका सम्पूर्ण कुकुरधनीहरूलाई यस कार्यक्रममा अनिवार्य रूपमा सहभागिता रहेको थियो।

खोप कार्यक्रम निशुल्क रूपमा सञ्चालन गरिनेछ र यसका लागि कुनै अतिरिक्त दस्तुर तिर्नुपर्ने छैन। कार्यक्रम सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूको टोली वडामा नै उपस्थित रहनेछ र आवश्यक सबै पूर्वाधारको व्यवस्था रहेको वडा वडा अध्यक्ष आचार्यले बताएका छन्।

वडा अध्यक्षले भने, “रेवीज एक गम्भीर समस्या बन्दै गएको छ। केही महिना यता देशका विभिन्न स्थानहरूमा यो रोगका कारण मानिसको ज्यानसमेत गएको छ। यस्तो अवस्थालाई ध्यानमा राख्दै हामी वडास्तरीय रूपमा सचेतनामूलक र निवारक कदम चाल्दैछौं। यसमा सबैको सहयोग र सक्रियता जरुरी रहेको थियो।”

प्रतिक्रिया दिनुहोस्