Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रेवीज नियन्त्रणका लागि खाँडाचक्र नगरपालिका वडा नं. ४ मा कुकुरलाई खोप दिने कार्यक्रम सम्पन

२२ जेष्ठ २०८२, बुधबार १०:३३

कालीकोट। हाल नेपालमा महामारीका रूपमा फैलिएको रेवीज रोग नियन्त्रणका लागि देशभर विभिन्न जनचेतनामूलक तथा स्वास्थ्य कार्यक्रमहरू सम्पन भएको छ।  यसै सन्दर्भमा, खाँडाचक्र नगरपालिका वडा नं. ४ मा पनि रेवीज नियन्त्रणका लागि एक विशेष खोप कार्यक्रम सञ्चालन  भएको थियो।

वडा अध्यक्ष प्रभानन्द आचार्यले भने सो कार्यक्रम वडाभित्र रहेका सम्पूर्ण वासिन्दालाई लक्षित गरी आयोजना गरिएको थियो। खासगरी घरमा पालेका कुकुरहरूलाई लक्षित गर्दै खोप कार्यक्रम सञ्चालन गरि र उक्त कार्यमा सबैको सक्रिय सहभागिता रहेको वडा अध्यक्ष आचार्यले बताएका छन् ।

वडा अध्यक्ष आचार्यका आनुसार रेवीज एक घातक रोग हो जुन मुख्य रूपमा कुकुरबाट मानिसमा सर्छ। यो रोग एक पटक देखा परेपछि यसको उपचार असम्भव जस्तै हुने भएकाले यसबाट बच्नका लागि सतर्कता, सावधानी तथा नियमित खोप अनिवार्य छ। त्यसैले, वडामा रहेका सम्पूर्ण कुकुरधनीहरूलाई यस कार्यक्रममा अनिवार्य रूपमा सहभागिता रहेको थियो।

खोप कार्यक्रम निशुल्क रूपमा सञ्चालन गरिनेछ र यसका लागि कुनै अतिरिक्त दस्तुर तिर्नुपर्ने छैन। कार्यक्रम सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूको टोली वडामा नै उपस्थित रहनेछ र आवश्यक सबै पूर्वाधारको व्यवस्था रहेको वडा वडा अध्यक्ष आचार्यले बताएका छन्।

वडा अध्यक्षले भने, “रेवीज एक गम्भीर समस्या बन्दै गएको छ। केही महिना यता देशका विभिन्न स्थानहरूमा यो रोगका कारण मानिसको ज्यानसमेत गएको छ। यस्तो अवस्थालाई ध्यानमा राख्दै हामी वडास्तरीय रूपमा सचेतनामूलक र निवारक कदम चाल्दैछौं। यसमा सबैको सहयोग र सक्रियता जरुरी रहेको थियो।”

प्रतिक्रिया दिनुहोस्