Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

सायम अन्तरकलेज फुटसल असारमा

२३ जेष्ठ २०८२, बिहीबार ०८:५५

काठमाडौं। सायम कलेजको आयोजनामा हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता असार ११ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा २४ देखि ३२ छात्र टिमको सहभागिता अपेक्षा गरिएको सायमका प्रिन्सिपल अशोकराज पाण्डेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

स्नातक तह सेमेस्टर प्रणालीका कलेजले प्रतियोगितामा सहभागी हुने छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा एसीको विक्रेता हाइसेन्स नेपाल रहेको छ ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ९० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ३–३ हजार नगद पुरस्कारसहित गिफ्ट भौचर प्राप्त गर्ने छन् । उत्कृष्ट प्रशिक्षकले ट्रफीसहित गिफ्ट भौचर पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ५० हजार खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए । तीनदिने प्रतियोगिताका खेलहरु भक्तपुरको दिब्येश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा लिग कम नकआउट आधारमा खेलाइने छ ।

सायम प्रिमियर लिग इन्ट्रा कलेज क्रिकेटको पाँचौं संस्करण सफलतापूर्वक आयोजना गरिसकेको सायमले पहिलोपटक फुटसल आयोजना गर्न लागेको प्रतियोगिता संयोजक दशरथ शाहीले बताए ।

उनले आगामी दिनमा महिलाको फुटसल पनि आयोजना गर्ने सोच रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्