Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

पूर्वप्रधानमन्त्री नेपालको आरोप– राजनीतिक जीवन समाप्त पार्न खोजिँदै

२३ जेष्ठ २०८२, बिहीबार ११:११

काठमाडौं। पतञ्जलिको जग्गा बिक्री प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन्।

पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मुद्दा दर्ता भएको दाबी गर्दै भने, “उहाँ सुरुदेखि नै मेरो राजनीतिक करियर समाप्त पार्न चाहनुहुन्थ्यो।” उनले आफूले कुनै पनि भ्रष्टाचार नगरेको र त्यसका लागि आदेश नदिएको स्पष्ट पारे।

नेपाल समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि मुद्दा ओलीकै निर्देशनमा आएको आरोप लगाएका छन्। अख्तियारको मुद्दापछि नेपालको सांसद पद स्वतः निलम्बनमा पर्नेछ। नेपालले कानुनी प्रक्रियाको सामना गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्