Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

माधव नेपालविरुद्धको मुद्दा संसद सचिवालयमा, सांसद पद स्वतः निलम्बन

२३ जेष्ठ २०८२, बिहीबार ११:१७

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दासम्बन्धी पत्र संसद सचिवालयमा पुगेको छ।

पतञ्जलि जग्गा प्रकरणमा ‘सरकारी सम्पत्ति हिनामिना गरी भ्रष्टाचार’ गरेको आरोपसहित अख्तियारले १८ करोड ५८ लाख बिगो माग गर्दै मुद्दा दायर गरेको हो।

रौतहटबाट निर्वाचित नेपालसहित ९२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। मुद्दा टुंगो नलागेसम्म नेपालको सांसद पद स्वतः निलम्बनमा पर्ने संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्