Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीको ‘के२के’ यात्रा सुरु

२३ जेष्ठ २०८२, बिहीबार १२:०७

काठमाडौँ। विश्व वातावरण दिवस २०२५ को अवसरमा सिप्रदी ट्रेडिङ प्रालिले टाटा कर्भ ईभीमा काठमाडौँदेखि कन्याकुमारीसम्मको ऐतिहासिक विद्युतीय यात्रा सुरू गरेको छ।

‘के२के ड्राइभ’ नाम दिइएको यो अभियान बिहीबार थापाथलीस्थित टाटा शोरुमबाट ‘फ्ल्याग अफ’ गरी सुरू गरिएको हो। यात्रामा अटो उत्साहीहरू अवशिष प्रसाद ओझा र विजय राम कासजू सहभागी छन्, जो करिब ३००० किलोमिटरको दूरी विद्युतीय रूपमा तय गर्दै छन्।

टाटा कर्भ ईभीमा लेभल–२ एडीएएस, प्यानोरामिक सनरुफ, V2L टेक्नोलोजी जस्ता आधुनिक सुविधा छन्। १८६ मिमी ग्राउन्ड क्लियरेन्स भएकाले यात्रामा ठूला समस्या नआउने अपेक्षा गरिएको छ।

यात्राका अनुभव, चार्जिङ सुविधा र गाडीको प्रदर्शनबारे जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्