Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीको ‘के२के’ यात्रा सुरु

२३ जेष्ठ २०८२, बिहीबार १२:०७

काठमाडौँ। विश्व वातावरण दिवस २०२५ को अवसरमा सिप्रदी ट्रेडिङ प्रालिले टाटा कर्भ ईभीमा काठमाडौँदेखि कन्याकुमारीसम्मको ऐतिहासिक विद्युतीय यात्रा सुरू गरेको छ।

‘के२के ड्राइभ’ नाम दिइएको यो अभियान बिहीबार थापाथलीस्थित टाटा शोरुमबाट ‘फ्ल्याग अफ’ गरी सुरू गरिएको हो। यात्रामा अटो उत्साहीहरू अवशिष प्रसाद ओझा र विजय राम कासजू सहभागी छन्, जो करिब ३००० किलोमिटरको दूरी विद्युतीय रूपमा तय गर्दै छन्।

टाटा कर्भ ईभीमा लेभल–२ एडीएएस, प्यानोरामिक सनरुफ, V2L टेक्नोलोजी जस्ता आधुनिक सुविधा छन्। १८६ मिमी ग्राउन्ड क्लियरेन्स भएकाले यात्रामा ठूला समस्या नआउने अपेक्षा गरिएको छ।

यात्राका अनुभव, चार्जिङ सुविधा र गाडीको प्रदर्शनबारे जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्