Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

अवैधानिक बसोबास गर्ने ४२ नेपालीलाई अमेरिका सरकारले डिपोर्ट गर्‍यो

२६ जेष्ठ २०८२, आईतवार ०२:५०

काठमाडौं । अमेरिकाले एकै पटक ४२ जा नेपालीलाई डिपोर्ट गरेको छ । उनीहरुलाई आज दिउँसो काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइने छ । यति धेरै संख्यामा नेपालीहरुलाई अमेरिकाबाट एकैपटक चार्टड विमानमार्फत डिपोर्ट गर्न लागिएको यो पहिलो पटक हो ।

नेपालमा आज दिउँसो ४ बजे चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अध्यागमन कार्यालय स्रोतलाई उदृत गर्दै अमेरिकाबाट प्रकाशित हुन अनलाइन खसोखासले जनाएको छ ।

सुरुमा अध्यागमन विभागलाई ४८ जना नेपाली डिपोर्ट हुने प्रारम्भिक जानकारी प्राप्त भए पनि अन्तिम समयमा केही व्यक्तिको यात्रा रोकिएको विभागले जनाएको छ ।

यात्रा के कारणले रोकिएको भन्ने प्रष्ट छैन । साथै कतिजनाको यात्रा रोकिएको भन्ने पनि प्रष्ट छैन । यद्यपी अधयागमन विभाग श्रोतले ३ देखि ६ जनासम्मको यात्रा रोएिको र डिपोर्ट हुने नेपालीहरुको संख्या ४२ देखि ४५ जनासम्म हुने बताएको छ ।

सम्भवत: इतिहासमै पहिलो पटक यति धेरै नेपाली एकैपटक डिपोर्ट भएको अध्यागमन विभागले जनाएको छ । अध्यागमन विभागले डिपोर्ट हुने व्यक्तिहरूमा महिला र पुरुषको संख्या पनि खुलाएको छैन । तर उनीहरुमध्ये ठूलो संख्या दलाललाई १ लाख डलरसम्म तिरेर मेक्सिको हुँदै विना भिसा अमेरिका छिर्नेहरुको समेत रहेको जनाइएको छ ।

डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्यूरोको जिम्मा लगाइनेछ । ब्यूरोले हालसम्म अमेरिकाबाट डिपोर्ट भएका कसैलाई पनि लामो समयसम्म सोधपुछका लागि हिरासतमा राखेको छैन । उनीहरुलाई सामान्य सोधपुछपछि घर पठाइने गरिएको छ ।

अमेरिकाको वासिटन डिसीमा रहेको नेपाली दूतावासले आइतबार डिपोर्ट हुने नेपालीहरुको यकिन विवरण आफूहरुलाई प्राप्त नभएको बताएको छ । तर पछिल्लो समयमा आइसको अनुरोधमा उलेख्य संख्यामा नेपालीहरुको ट्राभल डकुमेन्ट बनाइएको दूतावास श्रोतको भनाई छ । अमेरिकाभित्र आइसकेकाहरुका मात्र नभई अमेरिका आउने यात्रामा विभिन्न देशहरुमा रहेकाहरुका लागि पनि ट्राभल डकुमेन्ट बनाइदिने गरेको दूतावासले जनाएको छ ।

अमेरिकाले सन् २०२५ को मे महिनामा मात्रै ५८ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको थियो, जुन अघिल्लो महिना अप्रिलको तुलनामा दोब्बरभन्दा बढी हो । अप्रिलमा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या २६ जना रहेकोमा मे महिनामा झन्डै १२३ प्रतिशतले वृद्धि भएको थियो ।

अमेरिकाबाट डिपोर्ट हुने नेपाली नागरिकहरूको संख्यामा ट्रम्प प्रशासन आइसकेपछि वृद्धि भएको छ । अमेरिकाले मार्च महिनामा ३० जना नेपालीहरूलाई डिपोर्ट गरेको थियो, जसमा ६ जना महिला र २४ जना पुरुष रहेका थिए। जनवरीमा ट्रम्पले पदभार सम्हालेपछि ६ जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो। फेब्रुअरीमा २० जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो। फेब्रुअरी ८ मा एकैदिन ६ जना नेपालीहरू अमेरिकाबाट डिपोर्ट भएर नेपाल पुगेका थिए ।

सन् २०२४ मा जम्मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए । सन् २०२४ को १२ महिनाको तुलनामा सन् २०२५ को ५ महिनामा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या झन्डै तीन गुणा बढी रहेको छ । सन् २०२३ मा २४, सन् २०२२ मा २२ र सन् २०२१ मा ३५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ । सन् २०२१ को जनवरी १७ देखि सन् २०२४ को डिसेम्बर ३० सम्म एक सय ३३ नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्