Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक

२९ जेष्ठ २०८२, बुधबार १०:२३

काठमाडौं। प्यारामाउन्ट मोटर्सले एमजी ब्रान्डको नयाँ इलेक्ट्रिक गाडी कमेट ईभी नेपाली बजारमा ल्याएको छ। आधुनिक सहरी जीवनशैलीअनुकूल बनाइएको यो गाडीमा अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षा संयोजन गरिएको कम्पनीको दाबी छ।

चार सिट क्षमताको यो कम्प्याक्ट सिटी इभी भित्री भागमा फराकिलो स्पेस दिन सफल भएको छ। पछाडिका सिटहरू ५०:५० अनुपातमा स्प्लिट गर्न मिल्ने हुँदा दैनिक यात्रा र छोटो दूरीका सहरी आवागमनमा सहजता ल्याउने कम्पनीले जनाएको छ।

यसमा रियर पार्किङ क्यामेरा, पावर फोल्डेबल साइड मिररजस्ता सुविधा छन् भने ७ केडब्ल्यू फास्ट चार्जिङमार्फत गाडीलाई ३.५ घण्टामा पूरै चार्ज गर्न सकिन्छ।

कमेट ईभीमा १७.३ किलोवाट प्रिज्मेटिक सेलयुक्त लिथियम आयन ब्याट्री जडान गरिएको छ, जसले एकपटक चार्जमा २३० किमी रेन्ज दिने अराइ प्रमाणित सुविधा राख्छ। आईपी६७ रेटिङले धूलो र पानीबाट सुरक्षा दिन्छ भने ३९ वटा सुरक्षा परीक्षण पास गरिसकेको छ।

गाडीमा १०.२५ इन्चको डुअल स्क्रिन (इन्फोटेन्मेन्ट टचस्क्रिन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर), स्मार्ट की, डुअल फ्रन्ट एअरब्याग, एबीएस, ईबीडी, टीपीएमएस, रियर सेन्सर र पार्किङ क्यामेरा, आइएसओफिक्स चाइल्ड सिट एन्कर जस्ता सुरक्षा फिचर छन्।

गाडीको स्ट्रक्चरमा १७ वटा हट-स्ट्याम्पिङ प्यानल प्रयोग गरिएको छ। ब्याट्रीमा ८ वर्ष वा १.२ लाख किमि र हाई-भोल्टेज कम्पोनेन्टमा ३ वर्ष वा १ लाख किमिको वारेन्टी दिइएको छ।

सेवा तथा चार्जिङ केन्द्रहरू
एमजी सेवा केन्द्रहरू काठमाडौं, भक्तपुर, पोखरा, बिराटनगर, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, धनगढी लगायत प्रमुख सहरहरूमा रहेका छन्। चार्जिङ स्टेशनहरू काठमाडौंदेखि जनकपुर, पोखरा, चितवनसम्म सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्