Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

महानगरका पूर्व अधिकृत परियारसहित ७ जनालाई अख्तियारको भ्रष्टाचार अभियोग

२९ जेष्ठ २०८२, बुधबार ११:२४

काठमाडौँ। सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माणको ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक हुन्। अख्तियारका अनुसार बोलपत्र मूल्यांकन समितिमा रहेका रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालसमेत संलग्न रहेको आरोप छ।

१८ करोडको सस्तो प्रस्ताव उपेक्षा गर्दै २२ करोडभन्दा बढीको उच्च कबोल गर्ने कल्पवृक्ष–कोहिनूर जेभीलाई ठेक्का दिइएको आरोप छ। यसबाट ४ करोड ३१ लाख रुपैयाँभन्दा बढीको आर्थिक दुरुपयोग भएको ठहर गर्दै मुद्दा दायर गरिएको हो।

अख्तियारले उजुरीका आधारमा अनुसन्धान अघि बढाएर प्रमाण जुटाएपछि बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ

प्रतिक्रिया दिनुहोस्