Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

महानगरका पूर्व अधिकृत परियारसहित ७ जनालाई अख्तियारको भ्रष्टाचार अभियोग

२९ जेष्ठ २०८२, बुधबार ११:२४

काठमाडौँ। सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माणको ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक हुन्। अख्तियारका अनुसार बोलपत्र मूल्यांकन समितिमा रहेका रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालसमेत संलग्न रहेको आरोप छ।

१८ करोडको सस्तो प्रस्ताव उपेक्षा गर्दै २२ करोडभन्दा बढीको उच्च कबोल गर्ने कल्पवृक्ष–कोहिनूर जेभीलाई ठेक्का दिइएको आरोप छ। यसबाट ४ करोड ३१ लाख रुपैयाँभन्दा बढीको आर्थिक दुरुपयोग भएको ठहर गर्दै मुद्दा दायर गरिएको हो।

अख्तियारले उजुरीका आधारमा अनुसन्धान अघि बढाएर प्रमाण जुटाएपछि बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ

प्रतिक्रिया दिनुहोस्