Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना

३० जेष्ठ २०८२, बिहीबार १४:२८

काठमाडौं। भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको एक विमान दुर्घटना भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनापछि आकाशमा कालो धुवाँ उडेको देखिएको छ।

लण्डन उड्न लागेको विमान टेकअफको क्रममा अहमदाबादको मेघानी क्षेत्रमा दुर्घटनामा परेको हो। टाइम्स अफ इण्डियाका अनुसार विमानमा १५० भन्दा बढी यात्रु सवार थिए।

भारतको सरकारी समाचार संस्था पीटीआईले सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आगो र धुवाँ उडिरहेको भिडिओ सार्वजनिक गर्दै दुर्घटनाको पुष्टि गरेको छ। विस्तृत विवरण भने आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्