Trending
इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुंगियो     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     साउदी अरेबियामाथि स्पेनको फराकिलो जित     |     सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री     |     दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा     |     प्रधानमन्त्री बालेनले संसद‍्‍मा उठेका प्रश्नको जवाफ रास्वपा महाधिवेशनबाट दिए     |     प्रधानमन्त्रीले भने- आवश्यक परे अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष राखेर सल्लाह गरिन्छ     |     बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने जिम्मा उहाँकै हो : रवि लामिछाने     |     बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |    
समाचार

खोटाङको ‘ला ज्यालो वाङ थोप’ गुम्बा ६ वर्षदेखि अलपत्र

१० आश्विन २०८१, बिहीबार ०८:३८

१० असोज, खोटाङ । पाँच वर्षभित्र सक्ने गरी तत्कालीन मुख्यमन्त्री शेरधन राईले ०७४ माघमा शिलान्यास गरेको खोटाङ दिक्तेलको ‘ला ज्यालो वाङ थोप’ अलपत्र परेको छ ।

 कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७४ माघ–१९ गते शिलान्यास गरेको ६० फिट अग्लो गुम्बा निर्माण उपभोक्ता समितिको लापरबाहीका कारण अलपत्र परेको हो।

प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा निर्माण सुरु गरिएको गुम्बा निर्माणका लागि स्थानीय महेश तामाङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । करिब रु २१ करोड लगानीमा सम्पन्न हुने निर्माणाधीन गुम्बाका लागि अहिलेसम्म जगमात्र उठाइएको छ।

नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा निर्माणाधीन गुम्बाको जगमा प्रयोग गरिएको फलामे रड अहिले खिया लागेर बाङ्गिन थालेको छ । आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाले उपलब्ध गराएको १५ लाख बजेटमा फाउण्डेसनको काम भएको र आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशको रु ९९ लाख बजेटबाट भुइँतलामा  पिलरको डण्डी ठड्याइएको थियो।

प्रदेश सरकारले एक करोड ५० लाख बजेट विनियोजन गरे पनि उपभोक्ता समितिमार्फत एक करोड रुपैयाँ भन्दा कमको मात्र योजना सञ्चालन गर्न पाइने भएकाले ९९ लाखको सम्झौता गरिएको स्थानीयवासीको गुनासो छ ।

प्रदेशबाट विनियोजित बजेटबाट काम सम्पन्न गरेको भनि उपभोक्ता समितिले फरफारक गरे पनि विनियोजित बजेटमा अनियमितता भएको भन्दै स्थानीयवासीले प्रदेशमा गुनासो गरेका थिए ।

नुनथलामा निर्माणाधीन गुम्बा योजनाको काममा अनियमितता भएपछि अलपत्र परेको वडाध्यक्ष भगेश्वर राईले बताए। ‘प्रदेश र स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण योजनाको काम शुरु  गरिएको थियो । निर्माण उपभोक्ता समितिमार्फत काम थालिएको योजनामा हिसाब गडबडी भएको थाहा पाएपछि प्रदेशले बजेट बन्द गर् यो’, उनले भने, ‘जगमात्र ठड्याइएको योजनाको काम अहिले पूर्णरूपमा बन्द छ।’

प्रतिक्रिया दिनुहोस्