Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने

३१ जेष्ठ २०८२, शुक्रबार १०:४६

काठमाडौं। रुसले आफ्नो सीमाभित्र मात्र प्रयोग गर्न मिल्ने नयाँ मेसेजिङ एप ‘भ्लाद्स याप’ सार्वजनिक गर्न लागेको छ। राष्ट्रपति पुटिनको नामबाट नामकरण गरिएको यस एपले ह्वाट्सएप र टेलिग्राम जस्ता विदेशी एपलाई विस्थापन गर्ने उद्देश्य राखेको छ।

रुसी संसद्को तल्लो सदन ड्युमाले यसको प्रस्ताव पारित गरिसकेको छ भने अब माथिल्लो सदन र राष्ट्रपतिको अनुमोदन बाँकी छ। भ्लाद्स यापले म्यासेजिङ मात्र नभई भुक्तानी, सम्झौता, शिक्षा र व्यक्तिगत डेटा साझा गर्ने सुविधा दिने बताइएको छ।

डिजिटल विकासमन्त्री माक्सुत शादायेभले रुसले चीनको वीच्याटजस्तै सुरक्षित बहुउद्देश्यीय याप बनाउने लक्ष्य राखेको बताए। रुसमा पश्चिमी प्रतिबन्धपछि डिजिटल सार्वभौमसत्ता मजबुत बनाउन यस्तो कदम चालिएको हो।

प्रतिक्रिया दिनुहोस्